हलिउड अभिनेत्री हेडन पानेटियरको निधनको कारण पोस्टमार्टमपछि पनि खुल्न सकेको छैन।
३६ वर्षीया अभिनेत्रीको पोस्टमार्टम पूरा भए पनि मृत्युको वास्तविक कारण र प्रकृति पत्ता लगाउन थप परीक्षण भइरहेको ग्रिनभिल काउन्टी कोरोनर कार्यालयले जनाएको एजेन्सीले जनाएको छ। प्रारम्भिक पोस्टमार्टममा उनको निधनबारे खुलाउने कुनै चोट वा बाहिरी आघातको संकेत भेटिएको छैन। त्यसैले अन्तिम परीक्षण प्रतिवेदन नआउँदासम्म मृत्युको कारणबारे निष्कर्ष निकाल्न नसकिने अधिकारीहरूले जनाएका छन्।
पानेटियर अगस्ट १६ मा अमेरिकाको दक्षिण क्यारोलिनास्थित ग्रिनभिलको एक अपार्टमेन्टमा अचेत अवस्थामा भेटिएकी थिइन्। घटनापछि आपत्कालीन सेवामा फोन गरिएको थियो र घटनास्थल पुगेका स्वास्थ्यकर्मीले उनलाई बचाउने प्रयास गरेका थिए। तर उनी पछि मृत घोषित भएकी थिइन्।
घटनासँग सम्बन्धित आपत्कालीन फोन विवरणमा ओभरडोज र कार्डियाक अरेस्टजस्ता शब्द प्रयोग भएको रिपोर्ट सार्वजनिक भए पनि यीमध्ये कुनै पनि कुरा हालसम्म उनको मृत्युको आधिकारिक कारणका रूपमा पुष्टि भएको छैन।
बाल कलाकारका रूपमा मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी पानेटियर हिरोजमा क्लेयर बेनेट र न्यासभिलमा जुलियट बान्र्सको भूमिकाबाट विश्वभर परिचित बनेकी थिइन्। उनले स्क्रिम श्रृंखलालगायत विभिन्न फिल्ममा अभिनय गरेकी थिइन्।
उनले विगतमा व्यक्तिगत संघर्षबारे सार्वजनिक रूपमा कुरा गरेकी थिइन् र आप्mनो संस्मरणमा पनि जीवनका चुनौतीपूर्ण अनुभव समेटेकी थिइन्। तर उनको विगतलाई अहिलेको मृत्युको कारणस“ग जोडेर कुनै आधिकारिक निष्कर्ष निकालिएको छैन।
थप परीक्षणको नतिजासहित कोरोनरको अन्तिम प्रतिवेदन आएपछि मात्र हेडनको मृत्युको वास्तविक कारणबारे स्पष्ट हुने अपेक्षा गरिएको छ।












प्रतिक्रिया