भाेटेकाेशीका बाढी पीडित चढेको बस दुर्घटना:  ३२ जना  घाइते


नवलपरासी। 

रसुवा स्थित भाेटेकाेशी नदीकाे बाढीमा परि उद्धार गरिएका मानिसहरू चढेको बस नवलपरासी पूर्वमा आईतबार हुँदा ३२ जना घाइते भएका छन्।

दूर्घटनाका घाईतेहरूलाई उपचारार्थ स्थानीय मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाईएकाे जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ अनिल पण्डितले बताए ।

प्रनाउ पण्डितका अनुसार प्रादेशिक अस्पताल डण्डा पठाईएका घाइते मध्ये २ जनालाई थप उपचारका लागि चितवनकाे भरतपुर रिफर गरिएकाे छ ।

बाढीबाट उद्धार गरि काठमाडौं ल्याईएका प्रभावितहरू गन्तव्यमा पुग्न चढेको लु प्र०१-००१ख०३८६ नम्वरकाे बस हेटाैडा,नारायणगढ हुँदै पश्चिम तर्फ जानेक्रममा राजमार्गमा राेकि राखेकाे ना ८ ख ६१४५ नम्बरकाे ट्रकसंग ठाेक्किएर दूर्घटनामा परेकाे हाे ।

दूर्घटनामा बस चालक सल्यान जिल्ला कालीमाटी ६ का २७ वर्षीय तुलाराम थापा मगर र ट्रक चालक जिल्ला बारा निजगढ ११ का अभिषेक कुँवर घाइते भएका थिए ।

घाइते दुबै चालकलाई उपचार पछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।