१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

23.03k
Shares

सिन्धुली ।

 सिन्धुलीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक युवक पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–४ ढुङग्रेवास २ नम्बर गेट नजिक झोलुङ्गे पुलमुनि ग्वाङ खोलामा नुहाइरहेकी १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय युवकलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उज्वल कार्कीका अनुसार आज आइतबार दिउँसो करिब १२ बजेर ४५ मिनेटको समयमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ गरिएको हो । पक्राउ परेका युवक माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।