बाढीले काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध


काठमाडौं ।

बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बहाव बढ्दा सडकको केही भाग तलबाट कटान भएपछि सडक अवरुद्ध भएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिइन्।

आज बिहान केही समय अवरुद्ध भएर खुलेको सडक पुनः केही समयमै पूर्णरूपमा बन्द भएको हो। सडक बन्द भएपछि यात्रुहरू अलपत्र परेका छन्।