काठमाडौं ।
धादिङबाट गोसाइँकुण्ड दर्शनका लागि हिँडेको यात्रुवाहक बस रसुवा क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन भएको छ। बसमा रहेका यात्रु तथा चालकको अवस्था अझै स्पष्ट हुन सकेको छैन।
सम्पर्कविहीन बसमा धादिङको नीलकण्ठ नगरपालिका तथा सिद्धलेक गाउँपालिकाका स्थानीय बासिन्दा रहेको जनाइएको छ। उनीहरूका परिवार तथा आफन्तले सबै यात्रु सकुशल रहेको खबरको प्रतीक्षा गरिरहेका छन्।
प्राप्त विवरणअनुसार बसमा नीलकण्ठ–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल रहेका थिए।
त्यस्तै, नीलकण्ठ–९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरि लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल रहेका छन्।
सिद्धलेक–१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट पनि बसमा रहेको विवरणमा उल्लेख छ।
यस्तै, नीलकण्ठ–३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिम्ल्सिना पनि यात्रामा रहेको जनाइएको छ। बसका चालक नीलकण्ठ–१२ का छबिलाल श्रेष्ठ रहेको बताइएको छ।
बाढीपछि सम्पर्कविहीन भएका उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन आफन्तहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन्। परिवारजनले सबै यात्रु सकुशल भेटिने आशा व्यक्त गर्दै तत्काल खोज तथा उद्धारलाई तीव्र बनाउन अपिल गरेका छन्।














प्रतिक्रिया