बाढीपीडित उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने


काठमाडौं ।

बाढीपीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले पूर्वअनुमति नलिई उडान गर्न सक्ने भएका छन्।

तिब्बतबाट आएको ठूलो बाढी रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा फैलिँदा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण भौतिक संरचनामा व्यापक क्षति पुगेको छ भने केही व्यक्ति सम्पर्कविहीन रहेको बताइएको छ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयले निजी क्षेत्रका हेलिकप्टरलाई आवश्यकताअनुसार अनुमति नलिई उद्धार उडान गर्न निर्देशन दिएको हो।

सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।

Skip This