काठमाडौं ।
भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार उद्धार तथा राहतका लागि आवश्यक पर्न सक्ने भन्दै सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको हो।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट एक्कासि ठूलो बाढी आएको हो। बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको बताइएको छ।
बाढीका कारण ठूलो क्षति भएको अनुमान गरिएको छ। रसुवा र नुवाकोटको सीमामा रहेको बजारसमेत बाढीले बगाएको बताइएको छ। क्षतिको थप विवरण आउन बाँकी छ।














प्रतिक्रिया