विश्वकपका नायक टोरेसको उत्कृष्ट प्रदर्शन


लन्डन, (एजेन्सी) ।

विश्वकप २०२६ फाइनलमा निर्णायक गोल गरेका फेरान टोरेसले फ्रेन्च लिग वानमा डेब्युमै उत्कृष्ट प्रदर्शन गरेका छन् । रेनससँगको खेलमा टोरेसले दुई गोल गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) को संभावित हार टार्न सहयोग गरेका थिए ।

रेनेसले पहिलो हाफमै २–० को अग्रता लिएपछि पीएसजी हार्ने संभावनामा पुगेको थियो । सेबास्टियन स्जिमान्स्कीले नवौँ मिनेटमा गोल गर्दै रेनेसलाई अग्रता दिलाए । यसपछि एस्टेबान लेपौलले ३१ औं मिनेटमा अर्को गोल थपेपछि च्याम्पियन पीएसजी संकटमा परेको थियो ।
तर दोस्रो हाफमा भने पीएसजीले खेलमा सुधार गरेको थियो ।

प्रशिक्षक लुइस एनरिकेले बालोन डी’ओर विजेता ओस्मान डेम्बेलेलाई टोरेसद्वारा प्रतिस्थापन गराएका थिए । उनले ७१औँ मिनेटमा गोल गर्दै गोलअन्तर २–१ मा खुम्च्याए । उनले ८२ औं मिनेटमा अर्को गोल गर्दै खेल २–२ मा पु¥याएका थिए । तर, यसपछि गोल नहुँदा कुनै गोल नहुँदा दुबै टोलीले १–१ अंक बाँड्नु परेको थियो ।

२६ वर्षीय स्पेनी खेलाडी टोरेस ४ करोड २७ लाख पाउन्डमा बार्सिलोनाबाट पीएसजीमा आबद्ध भएका थिए । पीएसजी लगातार छैटौँपटक लिग वानको उपाधि जित्ने लक्ष्यमा छ ।