सुनको मूल्य बढ्यो, चाँदी घट्यो


काठमाडौँ।

नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला दुई हजार आठ सय रूपैयाँले बढेको सुनको मूल्य साेमबार तोलामा तीन हजार दुई सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला तीन लाख २२ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला तीन लाख १९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ। चाँदी आइतबार प्रतितोला चार हजार ९ सय ७५ रूपैयाँमा कारोबार भएको थियाे। चाँदी साेमबार तोलामा चार हजार ९ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार ६ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।