लन्डन, (एजेन्सी)
पहिलो टेस्ट हारेर स्तब्ध बनेको घरेलु टोली अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो टेस्टमा दुई दिनमै हराएको छ । टेस्टको १ सय ४९ वर्षको इतिहासमा अहिलेसम्म २५ भन्दा बढी खेलहरू दुई दिनमा समाप्त भएको छ ।
माकायेमा भएको दोस्रो टेस्टमा अस्टे«लियाले बंगलादेशलाई एक इनिङ र ५१ रनले हराएको हो । यो नतिजापछि यों दुई खेलको टेस्ट सिरिज १–१ बराबरीमा सकिएको छ ।
अस्ट्रेलियालेको जितका नायक फास्ट बलर मिचेल स्टार्क बने । उनले खेलमा १० विकेट लिएका थिए । उनले पहिलो इनिङमा ६ र दोस्रो इनिङमा ४ विकेट हासिल गरेका थिए । उनले टेस्ट करिअरमा चौथो पटक १० विकेट प्राप्त गरे । यस्तै, दोस्रो इनिङमा अस्टे«लियाका कप्तान पेट कमिन्स तथा स्पिनर नाथान लियोनले ३–३ विकट हासिल गरेका थिए ।
पहिलो इनिङमा बंगलादेश ६४ रनमा अलआउट भएको थियो । यसपछि अस्टे«लियाको पहिलो इनिङमा ब्याटिङ खासै राम्रो भएको थिएन । टोली मात्र २ सय १० रन बनाएर अलआउट भएको थियो । तर, बंगलादेश सस्तोमै समेटिएको हुँदा यति सानो रन बनाएपनि अस्टे«लियाले १ सय ४६ रनको अग्रता लिन सफल भएको थियो ।
बंगलादेशका ब्याटरहरूले दोस्रो इनिङमा पनि ब्याटिङमा कुनै सुधार गर्न सकेनन् । टोली केवल ९५ रन बनाएर अलआउट भएको थियो ।
यो टेस्टको इतिहासमा चौथो छोटोसमयमा सकिएको खेल बनेको छ । यसमा दुबै टोलीले गरी केवल १ सय २५ ओभर बलिङ भएको थियो ।
शोरिफुल चम्केपनि हार
बंगलादेशका फास्ट बलर शोरिफुल इस्लामले सानदार बलिङ गरेपनि टोलीलाई हारबाट बचाउन सकेनन् । उनले पहिलो इनिङमा ६ विकेट लिएका थिए भने दोस्रो इनिङमा ७ विकेट हासिल गरेका थिए । टेस्टमा यो कोही पनि बंगलादेशका फास्ट बलरको सर्वाधिक सफल बलिङ हो । यसैगरी शोरिफुलको प्रदर्शन विदेशी मैदानमा कोही पनि बंगलादेशी बलरले देखाएको उत्कृष्ट प्रदर्शन पनि हो ।
बंगलादेश छैटो स्थानमा उक्लियो
बंगलादेश यो टेस्टमा नराम्रोसँग हारेपनि आईसीसी टेस्ट रेन्किङमा छैटो स्थानमा उक्लिएको छ । टोली नवौं स्थानबाट छैटो स्थानमा उक्लिएको हो । तर, वल्र्ड टेस्ट च्याम्पियनसिप २०२५–२७ तालिकामा भने बंगलादेश चौथो स्थानमा रहेको छ । बंगलादेशले दक्षिण एसियाका सबै टोली भारत (पाँचौं), श्रीलंका (छैठो) र पाकिस्तान, (नवौं) लाई पछि पारेको छ । तर, दुबै तालिकाको पहिलो स्थानमा भने अस्टे«लिया यथावत रहेको छ।











प्रतिक्रिया