काठमाडौँ —
बलिउड अभिनेत्री वाणी कपूरले आफ्नो ३८औँ जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा केही आकर्षक तस्बिर सार्वजनिक गरेकी छन्। नीलो बिकिनीमा स्विमिङ पुलमा पोज दिएको तस्बिर सार्वजनिक गरेपछि उनका प्रशंसक र सेलिब्रिटीहरूले प्रशंसा गरिरहेका छन्।
वाणी हाल आफ्नो आगामी फिल्म ‘बदतमीज गिल’ का कारण पनि चर्चामा छिन्। जन्मदिनको अवसरमा उनले प्रशंसकहरूका लागि भन्दै आफ्नो इन्स्टाग्राममा विभिन्न तस्बिर साझा गरेकी हुन्।
तस्बिरमा वाणी स्विमिङ पुलमा पोज दिइरहेकी देखिन्छिन्। अर्को तस्बिरमा उनी पुलको छेउमा बसेकी छन् भने केही तस्बिरमा उनको ग्ल्यामरस अवतार देखिएको छ।
तस्बिरसँगै वाणीले आफ्नो जन्मदिनको भावनासमेत साझा गरेकी छन्। उनले जीवनलाई धेरै बुझ्ने प्रयास गर्नुभन्दा अहिलेका पलहरूलाई बाँच्नमा बढी ध्यान दिन थालेको बताएकी छन्।
उनले आगामी दिनमा अझ धेरै जीवन, हाँसो–खुसी र नयाँ अनुभवका लागि तयार रहेको उल्लेख गरेकी छन्।
वाणीका तस्बिरमा उनका प्रशंसकसँगै बलिउडका अन्य कलाकारहरूले पनि प्रतिक्रिया दिएका छन्। अभिनेत्री राशि खन्नाले फायर इमोजीमार्फत प्रतिक्रिया जनाएकी छन् भने निमरत कौरले उनलाई जन्मदिनको शुभकामना दिएकी छन्।
एक प्रशंसकले वाणीलाई ‘बलिउडकी सबैभन्दा हट अभिनेत्री’ भन्दै प्रशंसा गरेका छन् भने अर्का प्रयोगकर्ताले उनको तस्बिरलाई ‘तबाही’ भन्दै प्रतिक्रिया दिएका छन्।
वाणीका जन्मदिनका तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चामा छन्।











प्रतिक्रिया