लन्डन, (एजेन्सी) ।
घरेलु टोली अस्टे«लियाले दोस्रो टेस्टको पहिलो इनिङमा बंगलादेशलाई ६४ रनमै अलआउट गरेको छ । पहिलो टेस्टमा अप्रत्यासित हार बेहोरेपछि अस्टे«लियाले दोस्रो टेस्टमा पुनरागमन ग¥यो ।
मिचेल स्टार्कले ६ विकेट लिएपछि पाहुना टोली बंगलादेशको ब्याटिङ धर्मराएको थियो । स्टार्क योसँगैं ४ सय ४१ विकेटसंख्यासहित टेस्टमा सर्वाधिक विकेट लिने सूचीमा १० औं स्थानमा पुगेका छन् ।
स्टार्कले सुरुआतमै ५ विकेट लिएर बंगलादेशको ब्याटिङ दयनीय बनाइदिएका थिए । उनले सुरुआती २२ बलमा ५ विकेट लिँदा बंगलादेशको स्कोर १२ मात्रै थियो ।
बलिङ घातक बनाएपनि अस्टे«लियाले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेन । पहिलो दिनको खेल समाप्तिमा अस्टे«लियाले ८ विकेटको क्षतिमा १ सय ६५ रन मात्रै बनाएको छ । योसँगैं टोलीको विपक्षीविरुद्ध अग्रता १ सय १ रन भएको छ ।
क्रिजमा क्यामरोन ग्रीन ५१ रन बनाएर डटिरहेका छन् । उनले स्टिम स्मिथसँग ७७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । तर, स्मिथ ४२ रन बनाएर आउट भएपछि अस्टे«लियाले ३० रन जोड्दा ४ विकेट गुमाउन पुगेको थियो । बंगलादेशका शोरीफुलले पनि ६ विकेट लिएका थिए ।











प्रतिक्रिया