आर्सेनलको प्रिमियम लिगमा सानदार सुरुआत


लन्डन, (एजेन्सी) ।

डिफेन्डिङ च्याम्पियन आर्सेनलले नयाँ सिजन २०२६–२७ को प्रिमियर लिगमा सानदार सुरुआत गरेको छ ।
उपाधि रक्षाको अभियानमा रहेको आर्सेनलले नयाँ टोल िकोभेन्ट्री सिटीलाई ३–० ले हराएको हो । योसँगैं आर्सेनलले ३ अंकका साथ प्रिमियर लिगमा सुरुआत गरेको छ । २५ वर्षपछि पहिलोपटक खेलिरहेको कोभेन्ट्रीको लागि भने सुरुआत खराब भएको छ ।

आफ्नै घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सेनललाई विजयी तुल्याउन काइ हाभत्र्ज, बुकायो साका र कप्तान मार्तिन ओडेगार्डले एक–एक गोल गरेका थिए । आर्सेनलले हाभत्र्ज र साकाको गोलमा पहिलो हाफमै २–० को अग्रता लिएको थियो । दोस्रो हाफमा ओडेगार्डले एक गोल थपेका थिए ।

म्यानचेस्टर यूनाइटेड स्तब्ध
म्यानचेस्टर यूनाइटेडको यस सिजनको प्रिमियर लिगमा सुरुआत खराब बनेको छ । म्यानचेस्टर यूनाइटेड पहिलो खेलमा हल सिटीसँग २–० ले पराजित हुन पुग्यो । हल सिटीको जितमा सेमी अजायी र नोबेल मेन्डीले एक–एक गोल गरेका थिए । योसँगैं हल सिटीले ३ अंक जोड्न सफल भयो ।