अमेरिकी पप स्टार टेट म्याक्रे र एनएचएल खेलाडी ज्याक ह्युजबीचको प्रेमसम्बन्ध टुंगिएको खबर अहिले चर्चामा छ। करिब आठ–नौ महिना नजिकिएका यी दुईले सम्बन्धलाई औपचारिक रूपमा सार्वजनिक नगरे पनि उनीहरूको डेटिङको खबर लामो समयदेखि मिडियाको चासोमा थियो।
टेट र ज्याकको नाम पहिलोपटक सन् २०२५ को अन्त्यतिर जोडिएको थियो। न्युयोर्कमा उनीहरूलाई स“गै देखिएपछि सुरु भएको चर्चा त्यसपछि टेट ज्याकको हकी खेल हेर्न पुगेका तस्बिर तथा रिपोर्टस“गै थप बलियो बनेको थियो। सार्वजनिक रूपमा प्रेम स्वीकार नगरे पनि विभिन्न अवसरमा उनीहरू स“गै देखिन थालेपछि उनीहरू डेट गरिरहेको अनुमान गरिएको थियो।
सन् २०२६ को मार्चसम्म आइपुग्दा भने उनीहरूको सम्बन्ध केवल चर्चामै सीमित नरहेको दाबी सार्वजनिक भए। उनीहरू नियमित रूपमा डेट गरिरहेको र सम्बन्धलाई गम्भीर रूपमा अघि बढाइरहेको स्रोतको भनाइ उद्धृत गर्दै समाचार आएका थिए। दुवै आ–आप्mनो व्यस्त करिअरमा रहे पनि एकअर्काका लागि समय निकालिरहेको बताइएको थियो।
तर केही समययता यही सम्बन्धमा दरार आएको चर्चा सुरु भयो। अन्ततः अगस्ट ७ मा पेज सिक्सले उनीहरू अलग भइसकेको खबर सार्वजनिक गरेपछि टेट र ज्याकको प्रेमसम्बन्ध टुंगिएको विषय चर्चाको केन्द्रमा आएको हो।
सम्बन्ध टुटेको खबर बाहिरिए पनि यसको कारण र कसले पहिले सम्बन्ध अन्त्य ग¥यो भन्ने विषयमा भने एउटै दाबी छैन। ज्याकस“ग नजिक रहेको बताइएको एक स्रोतका अनुसार सम्बन्धमा केही समस्या वा असहज संकेत देखिएपछि ज्याकले नै सम्बन्ध अन्त्य गरेका हुन्। तर टेटस“ग नजिक रहेको स्रोतले यसको ठीक विपरीत दाबी गर्दै टेटले नै सम्बन्ध टुंग्याएको बताएको समाचारमा उल्लेख छ।
ब्रेकअपको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा टेटले ज्याकको व्यवहार वा सम्बन्धमा देखिएका कथित समस्याका कारण उनलाई छाडेको चर्चा चलिरहेको छ। अझ टेटले ज्याक निकै राम्रो भएकै कारण सम्बन्ध अन्त्य गरेको भन्ने दाबीसमेत भाइरल भएको छ।
टेट र ज्याकले आप्mनो सम्बन्धलाई औपचारिक रूपमा पुष्टि नगरे पनि उनीहरूबीचको नजिकिएको सम्बन्ध भने लामो समयदेखि चर्चामा थियो। स“गै देखिनु, खेलमा एकअर्कालाई समर्थन गर्नु र नियमित भेटघाटका खबरले उनीहरूबीच प्रेमसम्बन्ध रहेको अनुमानलाई बलियो बनाएको थियो।
एकातिर विश्वभर लोकप्रिय बन्दै गएकी पप गायिका टेट र अर्कोतिर एनएचएलका चर्चित खेलाडी ज्याक भएकाले उनीहरूको जोडीप्रति प्रशंसकको चासो पनि उच्च थियो। तर सम्बन्ध सार्वजनिक रूपमा स्वीकार गर्नुअघि नै ब्रेकअपको खबर बाहिरिएपछि उनीहरूको कथित प्रेमकथा छोटो समयमै टुंगिएको छ।











प्रतिक्रिया