म्याग्दी ।
अविरल वर्षासँगै लेदो माटोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।
शनिबार बिहान अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा करिब ५ः२५ बजे सडक माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको हो। त्यस्तै, रघुगंगा गाउँपालिका–२ बैसेरीमा पनि करिब ५ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
दुवै स्थानमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।











प्रतिक्रिया