रामेछाप।
रामेछाप नगरपालिका–४ तिलबारीमा ६१ वर्षीया एकल महिलामाथि जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लिखु बृहत् खानेपानी आयोजनामा मजदुरको रूपमा कार्यरत सुनसरी घर भएका २१ वर्षीय प्रेम बिसुंखे रहेका छन्।
प्रहरीका अनुसार भदौ २ गते अपरान्ह करिब १६:०० बजेको समयमा बिसुंखेले ती एकल महिलालाई निजकै घरमा जबर्जस्ती करणी गरी फरार भएका थिए। घटनाबारे भदौ ३ गते बिहान १०:३० बजे मात्र प्रहरीलाई सूचना प्राप्त भएको थियो।
सूचना पाउनासाथ प्रहरी टोलीले तुरुन्तै तीव्र खोजी कार्य सुरु गरेको थियो। खोजी गर्ने क्रममा सोही दिन तिलबारीस्थित एक मानिस नबस्ने खाली घरमा लुकिछिपी बसिरहेको अवस्थामा बिसुंखेलाई फेला पारी नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका आरोपीलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया