वर्षौंदेखि क्यामेराको लेन्समार्फत जीवन र समाजका विविध रङ नियाल्दै आएका फोटो पत्रकार सुन्दर श्रेष्ठ यसपटक भने क्यामेराको पछाडिबाट अगाडि आएका छन्। नेपाल समाचारपत्र दैनिकबाट पत्रकारिता यात्रा सुरु गरी हाल स्विडेनमा बस्दै आएका श्रेष्ठले हालै सार्वजनिक यो मेरो दिल बोलको गीतको भिडियो मार्फत अभिनयमा पनि पाइला चालेका छन्।
भिडियोमा सुन्दरले आप्mनै जीवनसाथी शोभा श्रेष्ठसंग जोडी बाँधेर अभिनय गरेका छन्। पत्रकारितामा वर्षौंदेखि दृश्यलाई कथामा रूपान्तरण गर्दै आएका श्रेष्ठले यसपटक भने आप्mनै भावना र सम्बन्धलाई अभिनयमार्फत पर्दामा उतारेका हुन्। जीवनसाथीस“गको आत्मीय प्रस्तुतिले भिडियोमा प्रेम र सम्बन्धको भावलाई स्वाभाविक बनाएको छ।
गायक सुरेश लामा र गायिका अस्मिता अधिकारीको स्वर रहेको यो गीतमा संगीत पनि सुरेश लामाकै रहेको छ। गीतका शब्द भने सुन्दर श्रेष्ठले लेखेका हुन्। प्रेम, आत्मीयता र सम्बन्धको भावलाई केन्द्रमा राखिएको गीतको म्युजिक भिडियो युरोपका झन्डै आधा दर्जन देशका रमणीय स्थानमा छायांकन गरिएको छ।
युरोपका प्राकृतिक सौन्दर्यले भरिएका विभिन्न भूगोललाई समेटिएको भिडियोमा सुन्दर र शोभाको जोडीलाई प्रस्तुत गरिएको छ। प्रवासको परिवेश, युरोपेली प्राकृतिक सौन्दर्य र नेपाली भावनाको संयोजनले भिडियोमा फरक स्वाद थपेको छ।
यो मेरो दिलमा सुन्दर श्रेष्ठ र शोभा श्रेष्ठको जोडीको अभिनयस“गै युरोपका मनमोहक दृश्य, सुरेश लामा र अस्मिता अधिकारीको स्वर तथा सुन्दर श्रेष्ठका शब्दको संयोजनले गीतलाई आकर्षक बनाएको छ।











प्रतिक्रिया