काठमाडौं।
नेपालको प्रतिनिधित्व गरेको होरा ई–स्पोट्र्सले फ्रान्समा भएको पब्जी मोबाइल विश्वकप २०२६ मा आठौं स्थान हासिल गरेको छ । ५० अंक जोडेको होराले एक लाख २७ हजार ५ सय डलर पुरस्कार हासिल ग¥यो । यो नेपाली रकममा एक करोड ९४ लाख ३३ हजार ४ सय ९ रुपैयाँ हुन आउँछ ।
सो पब्जी मोबाइल विश्वकप २०२६ को उपाधि भने टर्कीको एसटुजी ई–स्पोट्र्सले जितेको छ । ग्रान्ड फाइनलमा एसटुजीले १ सय ५४ अंक जोड्दै उपाधि आफ्नो नाममा गरेको हो । विजेता टोलीले ५ लाख ५५ हजार डलर पुरस्कार पनि प्राप्त ग¥यो ।
यस्तै, दक्षिण कोरियाको नंगशीम रेडफोर्सले १ सय ४९ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । टोलीले २ लाख ९३ हजार डलर प्राप्त ग¥यो । मंगोलियाको अरोरा गेमिङ १ सय ४६ अंकसहित तेस्रो स्थानमा रह्यो । टोलीले २ लाख १० हजार डलर प्राप्त गरेको थियो ।











प्रतिक्रिया