न गाँस्थें म प्रितमा प्रेमिल बने डा. रणजित


गायक, संगीतकार एवं गीतकार तथा वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजितकुमार झाको नयाँ प्रेमिल गीत न गाँस्थें म प्रितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

आइतवार राजधानीको न्यूरोडस्थित रञ्जना हलमा आयोजित विशेष समारोहमा प्रमुख आतिथि ख्यातिप्राप्त अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठले गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। डा. झाकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियो फिल्मी शैलीमा प्रस्तुत गरिएको छ। गीत तथा भिडियोमा प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ। यो उनको जीवन पथ २ एल्बममा समावेश गीत हो। गीतको एरेन्ज पबिधान खालिङले गरेका छन्।

म्युजिक भिडियोमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गरेका छन्। भिडियोमा उनीहरूलाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन, कथा लेखन तथा कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। रामशरण उप्रेतीको छाया“कन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन, कलर तथा जीएफएक्स छ।

गीत तथा भिडियो सार्वजनिक कार्यक्रममा डा. झाले चिकित्सा पेसासंगै संगीतप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिंदै आएको बताए। गीतले अव्यक्त प्रेमिल भावनालाई संगीतमार्फत प्रस्तुत गरेको उनको भनाइ थियो। निर्देशक तथा कोरियोग्राफर कविराज गहतराजले गीत सुन्नासाथ आफू कल्पनामा डुबेको र त्यही अनुभूतिका आधारमा रोमाञ्चक भिडियो तयार गरेको बताए। अध्ययनका क्रममा भारतमा रहेकी भिडियोकी मोडल तथा गायक झा पुत्री सोहल्या झाले आफूले ६ वर्षसम्म सिकेको भरतनाट्यम भिडियोमा काम लागेको बताइन्। बुबाको गीतको भिडियोमा काम गर्न पाउ“दा आफू खुसी भएको उनले कार्यक्रममा प्रस्तुत भिडियो सन्देशमार्फत बताइन्। अर्का मोडल सुरेश कोहलीले म्युजिक भिडियोमार्फत फिल्मी गीत र फिल्मी गीतको भिडियोको अनुभव लिन पाएको बताए।

कार्यक्रममा गायक राजेशपायल राईले डा. झाको प्रतिभालाई आफूले सुरुमा सामान्य रूपमा लिए पनि उनको स्वर सुनेपछि अद्भुत प्रतिभा रहेको महसुस गरेको बताए। प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले डा. झाको नसा नसामा संगीत रहेको चर्चा गर्दै निरन्तरताको कामना गरे।

म्युजिक भिडियो डा. रणजित झाकै युट्युब च्यानलका साथै विभिन्न डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध भएको छ। कार्यक्रममा डा. झाको परिचयात्मक भिडियोसंगै उनका आगामी गीत साथी त“ रक्सी नखा र रातकी रानीको भिडियो ट्रेलरसमेत सार्वजनिक गरिएको थियो।

एक हातले बिरामीको उपचार गर्ने चिकित्सक र अर्को हातले जीवनका अनुभूति, प्रेम तथा संवेदनालाई गीतमा उतार्ने सर्जकका रूपमा डा. झाले छुट्टै पहिचान बनाएका छन्। बंगलादेशबाट एमबीबीएस तथा शिक्षण अस्पताल महाराजगन्जबाट एमडी गरेका उनले भारतको अपोलो अस्पतालबाट मधुमेह र मुटुसम्बन्धी दुई विषयमा फेलोसिपसमेत गरेका छन्। सप्तरीको ग्रामीण क्षेत्रस्थित कल्याणपुर प्राथमिक स्वास्थ्य उपचार केन्द्रबाट चिकित्सा सेवा प्रारम्भ गरेका डा. झाले जिरी अस्पताल दोलखा, प्रादेशिक अस्पताल लहान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज हु“दै हाल वीर अस्पतालमा सेवा गरिरहेका छन्। २१ वर्षको सेवा अवधिमा उनले करिब ९ वर्ष विभिन्न अस्पतालमा प्रमुखका रूपमा नेतृत्वसमेत गरिसकेका छन्।

तीन दशक लामो सांगीतिक यात्रामा डा. झाले गीत लेख्ने, धुन भर्ने र स्वर दिने काम गर्दै आएका छन्। स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री २०७७ बाट विभूषित स्वास्थ्य तथा संगीत क्षेत्रमा पु¥याएको योगदान र २०७२ सालको भूकम्पपीडितका लागि गरेको सेवाबापत हङ्वान्जी बुद्धिष्ट सोसाइटी अफ नेपाललगायत विभिन्न संस्थाबाट सम्मानित भएका छन्।

संगीत क्षेत्रमा पु¥याएको योगदानका लागि उनी नेपाली हिमालयन म्युजिक अवार्ड २०७२, १३औ“ म्युजिक खबर म्युजिक अवार्ड २०२५ अन्तर्गत म्युजिक खबर संगीतकर्मी सम्मान र निम अवार्ड संगीतकर्मी सम्मान २०२५ लगायत विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित छन्।