गायिका लक्ष्मी गिरीको स्वरमा नयाँ भजन राधे गोपाल सार्वजनिक भएको छ। कृष्णबहादुर श्रेष्ठको शब्द रचनामा तयार भएको भजनमा ओमविक्रम विष्टको संगीत रहेको छ।
भजनमा लक्ष्मी गिरीले स्वर दिएकी छन् भने राजेश विष्टले एरेन्ज गरेका छन्। बर डिजिटल रेकर्डिङ स्टुडियोमा बुद्धराज बज्राचार्यले रेकर्डिङ गरेको भजनको मिक्सिङ तथा मास्टरिङ पर्पल रेकर्डिङ स्टुडियोमा गरिएको हो।
भजनको वाद्यवादनमा काठमाडौंका भुवन गन्धर्व र रानाना विकेले साथ दिएका छन्। कोरसमा पशुपति गुप्ता, सर्वज्ञ मन शाक्य, पिंगला भट्ट र प्रकृति राईको स्वर रहेको छ। धार्मिक तथा आध्यात्मिक भाव बोकेको राधे गोपालमा कृष्णभक्तिस“ग जोडिएको भावलाई संगीतमार्फत प्रस्तुत गरिएको छ। सरल शब्द र भक्तिमय संगीत संयोजनमार्फत तयार गरिएको भजनले श्रोतामाझ आध्यात्मिक अनुभूति दिने अपेक्षा गरिएको छ।











प्रतिक्रिया