लन्डन, (एजेन्सी) ।
अस्टे«लियाविरुद्धको टेस्ट खेलमा जित हासिल गरेर बंगलादेश इतिहास रच्ने अवसरको नजिक रहेको छ । तेस्रो दिन शनिबारको खेल समाप्तिसम्म अस्टे«लियाले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको छ । सो स्कोरअनुसार बंगलादेश यो टेस्टमा बलियो अवस्थामा रहेको छ ।
डरवीनमा भएको अस्टे«लियाविरुद्धको पहिलो टेस्टमा बंगलादेशले पहिलो इनिङमै ४ सय २६ रन बनाएको थियो । घरेलु टोली अस्टे«लियाले भने पहिलो इनिङमा १ सय ९८ रन मात्रै बनाउन सकेको थियो ।
अस्टे«लियाको दोस्रो इनिङ पनि खराब बनेको छ । शीर्ष चार विकेट गुमाउनाले ब्याटिङ धरमराएको अवस्था छ । शीर्ष चार ब्याटर ट्राभिस हेड, जेक विदेराल्ड, स्टिभ स्मिथ र लाबुसेन आउट भएका थिए । क्रिजमा क्यामरोन ग्रीन र एलेक्स क्यारी रहेका छन् ।
उनीहरूले पहिला ६७ रन बनाएर बंगलादेशको स्कोरसँग बराबरी गर्नुपर्दछ । त्यसपछि मात्रै अस्टे«लियालाई अग्रतामा राख्न सकिनेछ । तर, उनीहरूले चौथो दिन आज पूरै सेसन खेल्न सके मात्र अस्टे«लियाले सम्भावित हारलाई रोक्न सकिनेछ । अन्यथा बंगलादेशले इतिहास रच्नेछ ।











प्रतिक्रिया