तापसीलाई रोमान्टिक भूमिकामा उमेर बाधक


बलिउड अभिनेत्री तापसी पन्नुले महिला कलाकारले उमेरकै कारण फिल्म उद्योगमा विभेद भोग्नु परेको बताएकी छन्। उनले उमेर बढेस“गै रोमान्टिक भूमिकाका अवसर घट्ने जनाएकी छन्। पुरुष कलाकारका हकमा भने त्यस्तो अवस्था नदेखिने टिप्पणी गरेकी हुन्।

टाइम्स इन्टरटेनमेन्टस“गको अन्तर्वार्तामा तापसीले उद्योगमा महिला र पुरुष कलाकारका लागि फरक मापदण्ड लागू हुने गरेको बताएकी छन्। उनका अनुसार कलाकारले उद्योगमा आप्mनो पहिचान स्थापित गर्दासम्म ३० वर्षको उमेर पुगिसकेको हुन्छ र त्यसपछि आफूलाई रोमान्टिक कमेडीका लागि उपयुक्त नठानिने अवस्था सिर्जना हुन्छ। तर पुरुष कलाकारले भने लामो समयसम्म त्यस्ता भूमिका पाइरहने उनले बताइन्।

तापसीले दक्षिण भारतीय फिल्म उद्योगमा काम गर्दाको अनुभव पनि शेयर गरेकी छन्। वरिष्ठ अभिनेतास“ग अभिनय गरेपछि युवा अभिनेताहरूले आफूस“ग काम गर्न रुचि नदेखाउने उनको भोगाइ छ। यही प्रसंगमा उनले बलिउड सुपरस्टार शाहरुख खानको उदाहरण दि“दै पुरुष कलाकारको उमेरलाई लिएर प्रश्न नउठाइने तर महिला कलाकार भने उमेरकै आधारमा मूल्या“कन हुने गरेको बताइन्। तापसीको अभिव्यक्तिले उमेर बढ्दै जा“दा महिला कलाकारको करियरमा पर्ने प्रभाव र फिल्म उद्योगमा रहेको लैंगिक दोहोरो मापदण्डबारे फेरि बहस सुरु भएको छ।

तापसी हाल विभिन्न परियोजनामा सक्रिय छिन्। हालै प्रदर्शनमा आएको फिल्म अस्सीमा उनले एक वकिलको भूमिका निर्वाह गरेकी छन्, जसले बलात्कारजस्ता गम्भीर अपराधसँग सम्बन्धित सामाजिक विषय उठाएको छ। उनी आगामी फिल्म वो लडकी है कहा“ र गान्धारीमा पनि देखिनेछिन्।