जेम्सलाई जुनियर क्रिकेट लिग उपाधि


काठमाडौं, (नेस) ।

जेम्सले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ को उपाधि शुक्रबार जितेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा जेम्सले डिएभी ‘नीलो’ लाई ८ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाउदै ७० रन बनाएको थियो । जवाफमा डिएभी ‘नीलो’ ९.२ ओभरमा ७ विकेट क्षतिमा ६२ रनमै समेटिएको थियो । यो नतिजासँगैं विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गरे । हात पारे ।

एन्जल्स हार्ट नेसनल स्कुलद्वारा आयोजित प्रतियोगितामा डिएभी ‘नीलो’ का कमल साइ सर्वोत्कृष्ट खेलाडी घोषित भए । हिमालयन ह्वाइटहाउसका रिदम अधिकारी उत्कृष्ट बलर, डिएभी ‘नीलो’ का कमल साइ उत्कृष्ट ब्याट्सम्यान र आयोजक एन्जल्स हार्टका अभिषेक कठायत उदीयमान खेलाडी चुनिए ।