लन्डन, (एजेन्सी) ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप छनोट संरचनामा गरेको परिवर्तनप्रति नेदरल्यान्ड्स र स्कटल्यान्डको क्रिकेट बोर्डहरूले आपत्ति जनाएका छन् । आईसीसीले एकदिवसीय विश्वकप सुरु हुन १८ महिनाभन्दा कम समय बाँकी रहँदा छनोट प्रक्रिया र प्रतियोगिताको संरचनामा परिवर्तन गरेको हो ।
नेदरल्यान्ड्स क्रिकेट बोर्ड (केएनसीबी) र क्रिकेट स्कटल्यान्डले एसोसिएट राष्ट्रसँग पर्याप्त परामर्श नगरी गरिएको परिवर्तनले विश्वकप पुग्ने अवसर सीमित पार्ने, वर्षौँको तयारी प्रभावित गर्ने तथा आर्थिक र व्यवस्थापकीय दवाव थप्ने बताएका छन् ।
यस विषयमा दुईपटक छलफल गरे पनि आईसीसीबाट दुई साताभन्दा बढी समयदेखि कुनै प्रतिक्रिया नआएको उल्लेख गर्दै त्यसलाई ‘निराशाजनक र अपमानजनक’ भनेका छन् ।
नेदरल्यान्ड्स र स्कटल्यान्डले सबै राष्ट्रलाई प्रतिस्पर्धा, विकास र सफलताको निष्पक्ष अवसर प्रदान गर्न आईसीसीलाई एसोसिएट सदस्यहरूसँग पुनः खुला संवाद गर्न आह्वान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले भने यस विषयमा हालसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।
विश्वकपमा परिवर्तन गरिएको नयाँ संरचना
–वरियतामा १२औं, १३ औं र १४ औं स्थानमा रहेका टोलीहरूले सुरुआतमै एकअर्कोसँग खेल्नेछन् ।
–समूह चरणमा समूह विजेता मात्रै मुख्य प्रतियोगितामा पुग्नेछ । बाँकी शीर्ष ११ टोलीसँग खेल्नेछ ।
–यसपछि कूल १२ टोलीहरूमा ६–६ टोलीको दुई समूहमा विभाजन गरिनेछ ।
–पुरानो सुपर ६ को स्थानमा यसपटक सुपर ७ हुनेछ । दुबै समूहको शीर्ष तीन टोली र दुबै समूहका चौथो टोलीमध्ये एक उत्कृष्ट हुँदैं सुपर ७ मा पुग्नेछ ।
–सुपर ७ मा शीर्ष चारमा रहने टोलीहरू सेमिफाइनल पुग्नेछन् ।











प्रतिक्रिया