सद्धार्थ महिला समृद्धि’ कर्जा योजना


काठमाडौं, (नेस) ।

महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले सिद्धार्थ बैंकले सञ्चालनमा ल्याएको ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना अब देशभरका सबै शाखामार्फत उपलब्ध गराएको छ ।

बैंकले २०८२ साउनदेखि परीक्षणका रूपमा ३० शाखाबाट सुरु गरेको यो योजना २०८३ साउनदेखि देशभर विस्तार गरेको हो । योजनाअन्तर्गत महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई बिना धितो १५ लाख रुपियाँसम्म, आंशिक धितोमा २५ लाख रुपियाँसम्म र पूर्ण धितोमा ५० लाख रुपियाँसम्म कर्जा उपलब्ध गराइनेछ ।

यो सुविधा वार्षिक ५ करोड रुपियाँसम्म कारोबार गर्ने महिला उद्यमीका लागि लक्षित गरिएको छ । बिना धितो कर्जा लिन व्यवसाय कम्तीमा पाँच वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने लगायतका मापदण्ड बैंकले निर्धारण गरेको छ । कर्जा नेपाल राष्ट्र बैंकले तोकेको सहुलियतपूर्ण ब्याजदर व्यवस्थाअनुसार उपलब्ध गराइने बैंकले जनाएको छ ।

आवश्यक कागजात पूरा भएमा बिना धितो कर्जा करिब एक साताभित्र र धितोसहितको कर्जा करिब दुई साताभित्र स्वीकृत गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षमा यस योजनामार्फत कम्तीमा १ अर्ब रुपियाँ कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । बैंकका अनुसार महिला उद्यमीलाई वित्तीय पहुँच विस्तार गर्दै आत्मनिर्भर व्यवसाय विकासमा सहयोग पु¥याउने उद्देश्यले यो योजना सञ्चालनमा ल्याइएको हो ।