काठमाडौं, (नेस)।
ह्वाइट हेभेन स्कुल र ल्यान्डमार्क एकेडेमी १० औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनला प्रवेश गरेका छन् ।
ह्वाइट हेभेनले निम्बल एकेडेमीलाई ७–१ गोलले पराजित ग¥यो । ह्वाइट हेभेनको सहज जितमा इशान श्रेष्ठले ४ गोल योगदान गरे । ल्यान्डमार्कले किन्डर गार्तेनलाई टाइब्रेकरमा २–१ गोलले हरायो ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रम अनुसार तार्केश्वर नगरपालिकाको लोलाङस्थित आयोजक संस्कृति शिक्षा सदनमा भइरहेको प्रतियोगितामा बेलमोन्ट इन्टरनेसनल एकेडेमी र इडिफाइ इन्टरनेसनल स्कुलले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
बेलमोन्टले आयोजक संस्कृतिलाई टाइब्रेकरमा २–१ तथा इडिफाइले गण्डकी बोर्डिङ स्कुललाई २–० गोलले पाखा लगाए । सिनियर गल्र्समा आयोजक संस्कृति, तेजस्वी एकेडेमी, ल्यान्डमार्क र इडिफाइ यसअघिनै सेमिफाइनलमा पुगिसकेका छन् । बुधबार सिनियर ब्वाइजको खेल हुनेछ ।











प्रतिक्रिया