स्वास्थ्य बीमाको सबै बक्यौता भदौभित्र भुक्तानी हुने


काठमाडौं ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सबै बाँकी बक्यौता आगामी भदौभित्र भुक्तानी गर्ने लक्ष्य लिएको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाल करिब १५ अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेकामा रुजु प्रक्रिया पूरा भएपछि सबै रकम भुक्तानी गरिने जानकारी दिए।

उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन सरकारी अस्पतालको सेवा सुदृढ गर्ने, निजी अस्पतालतर्फको खर्च व्यवस्थापन गर्ने तथा बीमा सहभागिता अनिवार्य बनाउने तयारी भइरहेको छ। साथै, सुर्तीजन्य पदार्थबाट संकलित करको कानुनी हिस्सा स्वास्थ्य क्षेत्रमा सुनिश्चित गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ।