काठमाडौं ।
भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठ पाँच दिने औपचारिक भ्रमणका लागि साउन ३१ गते नेपाल आउने भएका छन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।
नेपाली सेनाका अनुसार जनरल सेठको भ्रमण साउन ३१ देखि भदौ ४ गतेसम्म रहनेछ। भ्रमणका क्रममा उनलाई नेपालको राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथी (ज्यलयचबचथ न्भलभचब)ि को दर्जा प्रदान गरिने कार्यक्रम तय गरिएको छ।
नेपाल र भारतका सेनाध्यक्षलाई एक–अर्काको देशले मानार्थ सेनापतिको उच्च सैनिक सम्मान प्रदान गर्ने परम्परा विगत सात दशकभन्दा बढी समयदेखि कायम छ। यसलाई दुई देशबीचको सैनिक सम्बन्ध, आपसी विश्वास र ऐतिहासिक मित्रताको प्रतीकका रूपमा लिने गरिन्छ।
नेपाल भ्रमणका क्रममा जनरल सेठले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह , तथा उच्च सरकारी अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग द्विपक्षीय भेट गरी दुई देशबीचको सैनिक सहयोग, संयुक्त तालिम, विपद् व्यवस्थापन, सीमा सुरक्षासम्बन्धी सहकार्य तथा क्षेत्रीय सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यक्रम पनि रहेको छ ।
भ्रमणका क्रममा जनरल सेठले नेपाली सेनाको मुख्यालय जंगी अड्डा, सैनिक स्मारक तथा अन्य सैनिक प्रतिष्ठानहरूको अवलोकन गर्नेछन्। उनलाई नेपाली सेनाले सम्मान गारत (गार्ड अफ अनर) समेत प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाल र भारतबीच सैनिक सम्बन्ध लामो समयदेखि घनिष्ठ रहँदै आएको छ। दुवै देशका सेनाबीच नियमित संयुक्त अभ्यास, उच्च तहको भ्रमण, तालिम आदान–प्रदान, विपद् व्यवस्थापन तथा शान्ति स्थापनासम्बन्धी सहकार्य हुँदै आएको छ।
यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ जनरल (ज्यलयचबचथ न्भलभचब िया तजभ क्ष्लमष्बल ब्चmथ) को दर्जा प्राप्त गरेका थिए। सोही परम्पराअनुसार यसपटक भारतीय सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपालमा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको हो।
जनरल सेठको नेपाल भ्रमणलाई नेपाल–भारतबीचको सैनिक कूटनीति, पारस्परिक विश्वास र रक्षा सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।











प्रतिक्रिया