ललितपुरको ग्वार्कोमा बस दुर्घटना: एक जनाकाे मृत्यु, १९ घाइते


काठमाडौँ।

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ।

प्रहरीले बिहीबार काठमाडौंको कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेकाे बा २ ख ३५९० नम्बरबको बस अनियन्त्रित भएर फ्लाइओभरको भित्तामा ठोक्किएको बताएको हाे । दुर्घटनामा परी उक्त बसमा सवार महिला ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ।

बसमा सवार १९ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको हाे । घाइतेहरूकाे बि. एण्ड बि. हस्पिटलमा र गोलोबल हस्पिटलमा उपचार भइरहेकाे प्रहरीले बताएकाे छ।