सिन्धुली ।
बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार तीन जनाको खोजी कार्य दुई दिन बितिसक्दा पनि सफल हुन सकेको छैन। सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको टोलीले निरन्तर खोजी गरिरहेको छ।
दुर्घटनापछि पीडित परिवारले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन्। बसधनी र सम्बन्धित पक्ष छलफलमा उपस्थित नभएको भन्दै परिवारले सडक खुलाएका छैनन्।
गत सोमबार फिक्कल गाउँपालिका–२ नवलपुरमा बसले सडक किनारमा रोकिएको कारलाई ठक्कर दिँदा कारसहित तीन जना सुनकोशी नदीमा खसेका थिए। घटनामा सिन्धुपाल्चोकका दिलकुमार लामा, गणेश थापा र सुजन बलमपाकी मगर बेपत्ता छन्। बस चालक प्रहरी नियन्त्रणमा छन्।











प्रतिक्रिया