आगामी असोज २ गते रिलिजमा आउने फिल्म कार्की साइलाले प्रचार अभियानको सुरुवात पहिलो गीत लग्यौ परान सार्वजनिक गरेको छ। निर्माण टिमले मंगलवार राजधानीमा आयोजित एक समारोहबीच फिल्मको गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। उनीहरूको केमेस्ट्री स्वाभाविक र आकर्षक देखिएको छ। श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको गीतमा विष्णु नेपाल नेपालीको शब्द, संकेत अगस्तीको संगीत तथा विशाल निरौलाको एरेन्जमेन्ट रहेको छ।
राजेन्द्र बस्नेतको निर्देशन रहेको फिल्ममा जितु नेपाल, प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य, गणेश राजभण्डारीलगायतका कलाकारको अभिनय रहेको छ। म्बर राईको कथामा बनेको फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सविन अधिकारीले संयुक्तरूपमा तयार पारेका हुन्। बालकुमार राई र निर्भीक बञ्जाराको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्।
दिप्सन लिम्बू र संकेत अगस्तीको संगीत रहेको फिल्मका गीतमा दिप्सन लिम्बू, श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको छ। फिल्ममा डीओपी डम्बर राई, छाया“कार नारायण गुरुङ, सम्पादक सन्देश शाह तथा सह–सम्पादक सन्दीप डा“गी रहेका छन्।











प्रतिक्रिया