शिक्षकको संघर्ष र समाजको यथार्थ बोकेको कमला मिस


ख्यातिप्राप्त अभिनेता तथा निर्देशक नीर शाहद्वारा निर्देशित फिल्म कमला मिसको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले शिक्षा, संघर्ष, मानवीय सम्बन्ध र एक शिक्षकको जीवनलाई केन्द्रमा राखिएको कथावस्तुको झल्को दिदै फिल्मप्रति उत्सुकता बढाएको छ।

भावनात्मक दृश्य, प्रभावशाली संवाद र कलाकारहरूको सशक्त अभिनयले ट्रेलरलाई प्रभावशाली बनाएको छ। ट्रेलरले एक शिक्षकले समाज र जीवनका विभिन्न मोडमा भोग्नुपर्ने संघर्षस“गै मानवीय सम्बन्धका संवेदनशील पक्षलाई प्रस्तुत गर्दै फिल्मले दिन खोजेको सामाजिक सन्देशको संकेत गरेको छ। साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक कोही किन बर्बाद होस्बाट प्रेरित मनोवैज्ञानिक कथामा आधारित फिल्म आगामी शुक्रवारदेखि अल नेपाल रिलिजमा आउदैछ।

फिल्ममा निर्देशक नीर शाहस“गै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, सञ्जय खतिवडालगायतका कलाकारको अभिनय रहेको छ। विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्ममा कथा विजय मल्लको छ भने पटकथा र संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलाल, पाश्र्व संगीत किरण तुलाधर, कोरियोग्राफी रामजी लामिछाने, छाया“कन शिवराम श्रेष्ठ र सम्पादन मिलन विक्रम शाहको रहेको छ।