रोमानियामा रेलले किच्दा दुई नेपालीको ज्यान गयो


काठमाडौँ । 

रोमानियाको बाकाउ सहरमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ।

आइतबार बिहान भएको दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीय आपत्कालीन सेवाले जनाएको छ। मृतकको पहिचान अझै सार्वजनिक गरिएको छैन भने घटनाको कारणबारे स्थानीय प्रहरी अनुसन्धानमा जुटेको छ।