आज प्रतिनिधिसभा बैठक: भूमिहीन र सुकुमवासीको विषयमा छलफल हुँदै


काठमाडौं ।

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस गरिनेछ भने वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान, पुनःस्थापना र लालपूर्जा वितरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ।

साथै, आज अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक पनि बस्दै विभिन्न विधेयक र समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।