महाकाव्यकार खेमनाथ दाहालका काव्य सिर्जनालाई संगीतमार्फत आम श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम जागृति सार्वजनिक गरिएको छ। मिलाप मासिकको आयोजनामा राजधानीमा आयोजित विशेष समारोहबीच एल्बम सार्वजनिक गरिएको हो।
दाहालका श्वेतपत्र महाकाव्य र योद्धा काव्यबाट साभार गरिएका गीतहरू समेटिएको एल्बमलाई साहित्य, संगीत र संस्कृतिको संगमका रूपमा प्रस्तुत गरिएको छ। मिलापका प्रधान सम्पादक कृष्ण भुसालको सभापतित्व तथा डा. यज्ञेश्वर निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुद्धको देश नेपाल, लालीगुरासको साटो, बित्छ बिहान आमाको, फुल्छ बागमा फूल र गाउ“छौ“ अब लौ आमाका गीत सार्वजनिक गरिएको थियो। यी गीतमा संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, ज्ञानु राणा र रमेश पाठकको स्वर रहेको छ। गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ। कार्यक्रममा गीतको भिडियोसमेत सार्वजनिक गरिएको थियो।
कार्यक्रममा गायक रमेश पाठकले स्वागत मन्तव्य राख्दै साहित्यिक सिर्जनालाई संगीतमार्फत नया“ पुस्तासम्म पु¥याउने अभियानमा जागृति महत्वपूर्ण प्रयास हुने विश्वास व्यक्त गरे। चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, साहित्यकार राधेश्याम लेकालीलगायतले दाहालका काव्यले राष्ट्र, समाज, मानवता र सांस्कृतिक चेतनालाई अभिव्यक्त गरेको चर्चा गरको थिए। संगीतकार सन्तोष श्रेष्ठले काव्यका श्लोकलाई गीतमा रूपान्तरण गर्नु चुनौतीपूर्ण भए पनि छन्द भंग नगरी प्रस्तुत गर्ने प्रयास गरिएको बताए। दाहालले काव्यका सिर्जना गीतका रूपमा सार्वजनिक हुदा खुसी व्यक्त गरे।
प्रमुख अतिथि डा. निरौलाले महाकाव्यका भाव, दर्शन र जीवनदृष्टिलाई गीतमार्फत जनमानससम्म पु¥याउने प्रयासको प्रशंसा गरे।
सोही अवसरमा साहित्यकार डा. विलोल पोखरेललाई साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप मिलाप कभर सम्मान प्रदान गरिएको थियो। सम्मानपछि उनले सिर्जनाको सम्मान समग्र साहित्यिक समुदायको सम्मान भएको उल्लेख गर्दै कविता वाचनसमेत गरेका थिए। समापनमा सभापति भुसालले साहित्य र संगीतको सहकार्यले नेपाली सिर्जनशीलतालाई नया आयाम दिएको चर्चा गरे।











प्रतिक्रिया