काठमाडौँ ।
आर्थिक वर्ष २०८२/८३ मा मकवानपुर जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका छन्।
अदालतको तथ्यांकअनुसार उक्त अवधिमा सम्बन्धविच्छेदका ८७५ वटा मुद्दा दर्ता भएका हुन्।
अन्य प्रकृतिका मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा सर्वाधिक रहेकाले पारिवारिक विवाद बढ्दो क्रममा रहेको संकेत देखिएको छ।
अदालतले यस्ता मुद्दाको समयमै सुनुवाइ र फर्छ्योटका लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।











प्रतिक्रिया