बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनावतले नयाँ पुस्ताका केही भारतीय महिलालाई लक्षित गर्दै दिएको अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्चा र विवाद दुवै सिर्जना गरेको छ।
उनले पश्चिमी जीवनशैलीको नक्कल गर्दै लागुऔषध सेवन, मदिरा पिउने र धेरै पुरुषस“ग यौन सम्बन्ध राख्नुलाई स्वतन्त्रता ठान्ने महिलालाई गटर जेनेरेसनको संज्ञा दिएकी हुन्।
इन्स्टाग्राम स्टोरीमार्फत कंगनाले स्वतन्त्र महिलाले आप्mना निर्णयको जिम्मेवारी आफै“ लिनुपर्ने उल्लेख गर्दै अहिले केही युवतीले स्वतन्त्रताको गलत अर्थ लगाएको दाबी गरेकी छन्। उनका अनुसार स्वतन्त्र महिलाहरूले परम्पराभन्दा फरक निर्णय गर्न सक्छन्, नया“ करियर रोज्न सक्छन् र त्यसबाट आउने परिणाम पनि आफैं स्वीकार गर्छन्। तर केही युवतीले जिम्मेवारीबिनाको जीवनशैलीलाई नै स्वतन्त्रताको रूपमा प्रस्तुत गरिरहेको उनको आरोप छ।
कंगनाले यस्ता महिलाले समाजलाई कुनै सकारात्मक योगदान दिन नसक्ने दाबी गर्दै उनीहरू न अध्ययनमा केन्द्रित हुने, न जिम्मेवारीप्रति सचेत रहने गरेको टिप्पणी गरेकी छन्। लागुऔषध सेवन, मदिरा पिउने र अनगिन्ती यौन सम्बन्धलाई स्वतन्त्रताको प्रतीक ठान्नु गलत भएको उनको भनाइ छ। अभिभावकको कमाइमा आश्रित रहेर आफूलाई स्वतन्त्र भन्न नमिल्ने तर्क पनि उनले गरेकी छन्।
यो पहिलो पटक भने होइन, कंगना यस्ता विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आएकी। यसअघि उनले विद्यार्थी आन्दोलनमाथि पनि कडा टिप्पणी गर्दै वर्तमान पुस्ताको विरोध प्रदर्शन हेर्दा घृणा लाग्ने प्रतिक्रिया दिएकी थिइन्। प्रदर्शनकारीहरूको भाषा, व्यवहार र पालनपोषणबारे समेत प्रश्न उठाएकी उनले आन्दोलनमार्फत सरकारमाथि दबाब सिर्जना गर्नु उचित नभएको धारणा राखेकी थिइन्।
उनले सार्वजनिक महत्वका विषयमा बहस र निर्णय सडकभन्दा संसदभित्र हुनुपर्ने जनाउ“दै दिल्लीको जन्तर–मन्तरमा विद्यार्थीको मागको समर्थनमा भएको प्रदर्शनको समेत खुलेर विरोध गरेकी थिइन्।











प्रतिक्रिया