अभिनेत्री नीता ढुंगानाले फिल्म पार्वतीको टिजरमार्फत आप्mनो अभिनय क्षमताको अर्को सशक्त पक्ष प्रस्तुत गरेकी छन्। सार्वजनिक टिजरमा अटिजम भएकी युवतीको भूमिकामा देखिएकी उनको अभिनयले दर्शक र फिल्मकर्मीबाट तारिफ पाइरहेको छ।
टिजरमा नीताले अटिजम पीडित युवतीको भावभंगी, हाउभाउ र भाइप्रतिको निश्छल माया स्वाभाविक ढंगले प्रस्तुत गरेकी छन्। संवेदनशील र चुनौतीपूर्ण पात्रलाई जीवन्त बनाएको भन्दै सामाजिक सञ्जालमा उनको अभिनयको प्रशंसा भइरहेको छ। विभिन्न चरित्रमा आफूलाई रूपान्तरण गर्न सक्षम अभिनेत्रीका रूपमा परिचित नीताले यसअघि किसान, मसान, नोटबुक, ६ एकान ५, पञ्चायतलगायत फिल्ममा फरक–फरक भूमिका निर्वाह गर्दै आएकी छन्। विशेषगरी पञ्चायतमा एक अबोध किशोरीको भूमिकाले उनको अभिनयलाई समीक्षक र दर्शकबाट उच्च प्रशंसा दिलाएको थियो। पञ्चायत र पार्वती दुवैका लेखक शिवम् अधिकारी हुन्।
नीताका अनुसार पार्वती केवल एउटा फिल्म नभई समाजमा मौन पीडासग बाचिरहेका धेरै पार्वतीको कथा हो। ‘आप्mनै समाजको कथा, धेरै पार्वतीहरूको व्यथा र मौन पीडामा बाचिरहेका अनगिन्ती पार्वतीको आवाज बनेर पार्वती आउदैछ,’ नीता भन्छिन्।
अभिनयस“गै फिल्म निर्माणमा पनि सक्रिय नीताले गत वर्ष ह्रस्वदीर्घमार्फत सफल निर्माताको परिचय दिएकी थिइन्। पार्वतीमार्फत भने उनी पहिलोपटक निर्देशनमा पनि देखिदैछिन्। मसानदेखि पञ्चायत हुदै पार्वतीसम्म आइपुग्दा नीताले चुनौतीपूर्ण पात्रहरूलाई आत्मसात् गर्न सक्ने आप्mनो खास क्षमता पुनः प्रमाणित गरेकी छन्। भदौ १२ गतेदेखि प्रदर्शनमा आउने पार्वतीले उनलाई निर्देशकका रूपमा पनि कत्तिको स्थापित गर्छ भन्ने चासो फिल्मवृत्तमा बढेको छ।











प्रतिक्रिया