काठमाडौं ।
जमाना कृत्रिम बुद्धिमत्ता (एआई) को आयो । रोटरी क्लव अफ काष्ठमण्डपले एआईको प्रयोगलाई व्यवहारमै उतार्ने उद्देश्यसहित आफ्ना सदस्यहरू र पेशागत क्षेत्रमा क्रियाशिल व्यक्तिहरुका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
गत शनिबार र आइतबार ललितपुरस्थित होटल स्क्वाएरमा सम्पन्न कार्यक्रममा सदस्यहरूले दैनिक जीवन र पेशागत कार्यमा उपयोगी हुने एआई टुल्स (च्याट जीपीटी) को प्रयोगबारे प्रत्यक्ष अभ्यास गरेका थिए ।
क्लबका अध्यक्ष शैलेश वैद्यका अनुसार एआईबारे सामान्य जानकारी दिने कार्यक्रमहरू धेरै भइरहेका भए पनि व्यवहारमा प्रयोग गर्न सक्ने सीप विकास गर्ने कार्यक्रम भने कम भएकाले यसपटक पूर्ण रूपमा अभ्यासमा आधारित कार्यशाला सञ्चालन गरिएको हो।
उनले करिब एक वर्षअघि क्लबमा आयोजित एआईसम्बन्धी परिचयात्मक प्रस्तुतिपछि सदस्यहरूमा देखिएको उत्साहले यस्तो कार्यक्रम आयोजना गर्न प्रेरित गरेको बताए। त्यतिवेला रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को कार्यक्रममा पनि एआई विषयले अपेक्षाभन्दा धेरै सहभागिता र सकारात्मक प्रतिक्रिया पाएपछि थप तयारीका साथ कार्यशाला आयोजना गरिएको उनको भनाइ छ।
यस कार्यक्रमका लागि लागि सूचना प्रविधि क्षेत्रका विज्ञ एवं रोटरियन विहान राणाले आईटी अध्ययन गरेका युवाहरूलाई तीन महिनासम्म विशेष प्रशिक्षण दिएका थिए। उनैको नेतृत्वमा ती युवाहरुले स्वयंसेवकका रूपमा सहभागीहरूलाई च्याट जीपीटीको कोडेक्स टुल्सको प्रयोगबारे सिकाएका थिए।
कार्यशालामा सामग्री लेखन, प्रस्तुतीकरण, कार्यालय व्यवस्थापन, सूचना विश्लेषण, अनुसन्धान तथा दैनिक कार्यलाई छिटो र प्रभावकारी बनाउने एआई प्रविधिको प्रयोगबारे प्रशिक्षण दिइएको थियो।
अध्यक्ष वैद्यका अनुसार ुएआई फर अलस्वर्कशप विथ पर्पसु अवधारणाअन्तर्गत सञ्चालित यस कार्यक्रमबाट उठेको रकममध्ये केही हिस्सा हस्पिस नेपालको भवन निर्माण अभियानमा सहयोग गरिनेछ।
रोटरी क्लब अफ काष्ठमण्डपले आगामी दिनमा विभिन्न पेशागत समूहका लागि पनि यस्ता एआई प्रशिक्षण कार्यक्रम विस्तार गर्ने जनाएको छ।











प्रतिक्रिया