धादिङ ।
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ वर्तमान सभामुख डिपी अर्यालको पुख्र्यौली घर हो । धादिङ आइपुग्दा सभामुखले परिवार भेटिने स्थान पनि ज्वालामुखी गाउँपालिका वडा नम्बर २ मैदी हो यसैगरि धादिङ क्षेत्र नम्बर २ का सांसद बोधनारायण श्रेष्ठको घर पनि मैदी हो ।
निर्वाचनको समयमा गाउँको विकासका बाचा गरेका नेताहरु सर्बोच्च स्थानमा पुगेका छन् । स्थानीय सरकार निर्वाचित भएको चार वर्ष भयो । तर मैदी र ढोलाबासीले वर्ष लागेपछि हरेक वर्ष पाउने समस्याबाट मुक्ति पाउन सकेका छैनन् ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर १, २ ३ र ४ नम्बर वडालाई जोड्ने मुख्य सडक ससाह अमराइँ मैदी सडक, पाल्पा भन्ज्याङ, साँधभन्ज्याङ मैदी सडक, ढोला मैदी सडक वर्षा लागेपछि हिलो भएपछि सवारी साधन चल्न कठिनाइ सुरुभयो । साउन लागेपछिको निरन्तर वर्षका कारण गाउँबाट बाहिरिने र गाउँँ पुग्ने सवारी साधन चल्न समेत नसक्ने अवस्थामा पुगेको र एम्बुलेन्स समेत नचल्ने अवस्थामा पुगेको स्थानीय राजकुमार श्रेष्ठले बताउनुभयो ।
जनजीवन कष्टकर भएको छ । गाउँमा आउने सवारी साधन आउन सकेको छैन । केही बोलेरोहरुलाई डोजर लगायतका साधनले तानेर वारपार गराउनु पर्ने अवस्था छ तर गाउँबासीको समस्यामा राजनीतिक उच्च तहमा बस्नेले समस्या समाधान नगरिदिएएको गाउँबासीको भनाइ छ ।
गाउँमा गम्भीर बिरामी परेर स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेको खण्डमा गाउँबाट कुनैपनि एम्बुलेन्स सदरमुकाम लैजान समेत नसकिने अवस्थामा सडक पुगेको छ । बाटो हिलो र लेदो भएपछि गाउँजान लागेका मोटरसाइकल र सवारी सधन रोकिएको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का सुजन सिंखडाले बताउनुभयो ।
ज्वलामूखी गाउँपालिका वडा न्मबर ३ को डुँडे भन्ज्याङ, बरामगाउँ, वडा नम्बर ४ को पुर्सुक अर्याल गाउँ बाटो पार गर्नै नसकिनेगरि हिलो भएको छ । गाउँजान र बाहिर निस्कन बैकल्पिक बाटो समेत नभएको गाउँबासीको भनाइ छ ।
ससाह अमराइँ मैदी सडकको नीलकण्ठ ८ मा पर्ने धौखोला खेत क्षेत्रमा सडक पार गर्न नसकिने भएपछि केही समयदेखि मैदीतर्फ जाने यातायात सेवा नै अवरुद्ध भएको छ ।
गाउँपुग्न चारैतर्फका सडक अवरुद्ध । बिरामी पर्दा मानिस लान सकिने अवस्था छैन । शनिबार आइतारको दुई दिने बिदाले गर्दा स्थानीय स्वास्थ्य संस्थामा भएका स्वास्थ्यकर्मी केही गरि विदामा गाउँबाट बाहिर गए भने समस्या आउने छ । गाउँमा महामारी फैलियो भने गाउँको अवस्था नाजुक हुने भएपनि समस्या समाधानका लागि भने पहल नभएको गाउँबासीको आरोप छ ।
हिलोले भरिएका सडकमा वर्षमा खोलामा जम्मा हुने ग्राभेल झिक्न नपाइने कानुनी प्रतिबन्ध र समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीले अटेर गर्दा वर्षे गाउँमा समस्या आइरहेको छ ।
स्थानीय सरकारको पहललेमात्र यि स्थानहरुको समस्या समाधान गर्न नसकिएको, निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेको ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले बताउँदै सवारी साधन फसेमा तत्काल स्काभेटर तथा डोजरले तानेर वारपार गराइने व्यवस्था गरिएको एबुलेन्सहरु आवतजावत गर्नु पर्दा हिलोबाटोमा डोजरको सहायताले पार लगाउनेगरि हालका लागि व्यवस्थापन गरिएको बताउनुभयो । सडक पक्की बनाउने काम भइरहेको अवस्थामा नीलकण्ठ क्षेत्रमा सडक विग्रीएपनि मैदीमा असर परेको दनैको भनाइ छ । वर्ष कम भएपछि समाधान गरिने उहाँको भनाइ छ ।
सांसद बोध नारायण क्षेष्ठले एक रेडियो अन्तरवार्तामा वर्षेनी वर्षमा जनताले दुख पाएको उल्लेख गर्दै दीर्घकालीन रुपमा हुनेगरि सडक बनाउनु पर्ने बताउनुभयो ।
राजनीतिक नेतृत्वले शहर तिर बसेर समस्या समाधानको पहल गरिएको बताए पनि गाउँवासीले भने समस्याको समाधान नपाएको बताएका छन् ।











प्रतिक्रिया