आगामी भदौ १९ गते रिलीजमा आउने फिल्म बा: एक योद्धाले शीर्ष गीत सार्वजनिक गर्दै कथाको मूल भाव दर्शकमाझ ल्याएको छ।
चढेको बुई नबिर्स, टेकेको भुई“ नबिर्स बोलको गीतले बुवाआमाको त्याग, जन्मभूमिप्रतिको प्रेम र आफ्नो पहिचान बिर्सीन नहुने सन्देश बोकेको छ। सञ्जीव थापाको शब्द रचना, हरि लम्सालको संगीत र स्वर रहेको गीतले रुख र जराको सम्बन्ध तथा माटो र पानीको साथ टुटे अस्तित्व नै समाप्त हुने प्रतीकात्मक सन्देशमार्फत जन्म दिने बुवाआमा र जन्मिएको माटो कहिल्यै बिर्सन नहुने भाव व्यक्त गरेको छ। आफ्ना मानिस, आफन्त र आप्mनो माटो नै जीवनको सबैभन्दा ठूलो आधार भएको भाव गीतमा प्रस्तुत गरिएको छ।
ओजपूर्ण शब्द र मर्मस्पर्शी भावले भरिएको शीर्ष गीतले फिल्मको कथासार दर्शकसामु प्रस्तुत गरेको छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दिव्यदेव, सुहाना थापा, झरना थापासहित अन्य कलाकारलाई प्रस्तुत गरिएको छ। बच्चा हुर्काउने समयदेखि उनीहरू पराई घर र परदेश पुग्दासम्मको यात्रा तथा अन्ततः एक्लिदै जाने बुवाको भावनात्मक पीडालाई भिडियोमा कलाकारहरुले प्रस्तुत गरेका छन्। फिल्ममा माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायतका कलाकारले पनि अभिनय गरेका छन्।
हरि लम्सालको लेखन र निर्देशनमा बनेको यो पहिलो फिल्म हो। फिल्ममा कथा र पटकथासमेत उनकै छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालद्वारा निर्मित फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, कृष्ण काप्mले सहनिर्माता र अर्जुन पौडेल लाइन प्रोड्युसर रहेका छन्।











प्रतिक्रिया