महासंघको व्यापार मेला समितिमा कर्माचार्य र शाक्य मनोनित


ललितपुर।

नेपाल उद्योग वाणिज्य महासंघको व्यापार मेला समितिमा ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमीनन्दन कर्माचार्य र पूर्व उपाध्यक्ष लोकमान शाक्यलाई मनोनित गरिएको छ ।

महासंघका कार्यकारिणी सदस्य सविन श्रेष्ठको संयोजकत्वमा गठित सो समितिमा ललितपुरकातर्फबाट दुई जना व्यवसायीलाई मनोनित गरिएको महासंघले जनाएको छ।हालै एक समारोहकाबीच का .वा. अध्यक्ष सुरकुष्ण बैध महासंघका पदाधिकारी र कार्यकारिणी सदस्यहरुको उपस्थितिमा मनोनितद्वयलाई मनोनयनपत्र हस्तान्तरण गर्नुभयो।

स्वदेशी उत्पादनको प्रवद्र्धन, व्यापार विस्तार तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारसँग नेपाली उद्यमी–व्यवसायीको पहु“च अभिवृद्धि गर्न सो समिति गठन गरिएको महासंघले जनाएको छ।कर्माचार्य र शाक्य स्थानीयस्तरमा सञ्चालित मेला, महोत्सवका अनुभव हुनुहुन्छ।