मधेशमा तनाव साम्य भएपछि काठमाडौं फर्किए गृहमन्त्री गुरुङ


काठमाडौँ।

सुनसरीसहित तराईका विभिन्न जिल्लामा उत्पन्न तनाव साम्य भएपछि गृहमन्त्री सुधन गुरुङ चार दिनपछि काठमाडौं फर्किएका छन् ।

गत साउन १४ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेपछि गृहमन्त्री गुरुङ स्थलगत अवस्थाको अनुगमन तथा संवादका लागि सुनसरी पुगेका थिए । सुनसरीमा घटनामा ज्यान गुमाएकाका परिवारसँग सहमति गरेपछि उनी सिराहा हुँदै धनुषा पुगेका थिए।

धनुषामा उनले हिन्दु सम्राट सेनाका प्रतिनिधिसँग लगातार दुई दिन वार्ता गरेका थिए । वार्ताबाट कुनै लिखित सहमति नभए पनि मौखिक समझदारी भएको र त्यसपछि सम्राट सेनाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाइएको छ।

गृहमन्त्री गुरुङले काठमाडौं फर्किएपछि मौखिक समझदारीका बुँदालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले आफ्नो तराई भ्रमणका क्रममा भएका छलफल, सहमति र पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री शाहलाई विस्तृत ब्रिफिङ गर्ने तयारी गरेका छन् ।