काठमाडौं।
इरानका कार्यवाहक रक्षामन्त्री माजिद इब्न रेजाले इरानमाथि आउने हरेक प्रकारका खतरालाई गम्भीर रूपमा लिइने बताएका छन्।
इरानी समाचार एजेन्सी इर्नाका अनुसार रेजाले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा शत्रुपक्षका पछिल्ला अभिव्यक्तिहरू मनोवैज्ञानिक तथा रणनीतिक युद्धको हिस्सा हुन सक्ने उल्लेख गर्दै इरानले कुनै पनि खतरालाई हल्का रूपमा नलिने स्पष्ट पारेका हुन्।
उनले, ‘हाम्रो लागि हरेक खतरा वास्तविक र गम्भीर छ। हामी न त अचम्मित हुन्छौँ, न त निष्क्रिय बस्छौँ। प्रत्येक खतरालाई सैन्य तयारी सुदृढ गर्ने, प्रतिरोध क्षमता बढाउने र राष्ट्रिय शक्ति मजबुत बनाउने अवसरका रूपमा लिन्छौँ,’ भनेका छन्।
रेजाले आफ्नो वक्तव्यमा अमेरिकी राष्ट्रपति ट्रम्पको नाम भने उल्लेख गरेका छैनन्। तर, ट्रम्पले इरान तथा क्षेत्रका अन्य मुलुकहरूको अनुरोधपछि इरानमाथिको सम्भावित सैन्य कारबाही स्थगित गरिएको दाबी गरेको केही घण्टामै उनको प्रतिक्रिया सार्वजनिक भएको हो।











प्रतिक्रिया