परम्परागत शिल्प, मौलिक प्रविधि र सम्पदा संरक्षणमा अग्रपंक्तिमा रहेका डा. रोहित रञ्जितकार नेपालको सम्पदा पुनःनिर्माण अभियानका अनुभवी विज्ञ हुनुहुन्छ।२०७२ सालको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त पाटन दरबार क्षेत्रसहित विभिन्न राष्ट्रको सहयोगमा बनेका सम्पदा पुनःनिर्माणमा मौलिक निर्माण सामग्रीको पुनःप्रयोग, परम्परागत शिल्प र प्रविधिको संरक्षण तथा दक्ष कालीगढको भूमिकालाई विशेष महत्व दि“दै आउनुभएको छ।सम्पदा पुनःनिर्माणमा पुराना सामग्रीको पुनःप्रयोग, दक्ष कालीगढको अवस्था, परम्परागत प्रविधि संरक्षणका चुनौती, ठेक्का प्रणाली र उपभोक्ता समिति मोडेल लगायत विषयमा डा. रञ्जितकारसंग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंशः –
पाटन दरबार क्षेत्रका सम्पदाको पुनःनिर्माणमा पुराना निर्माण सामग्रीको प्रयोग कसरी गर्नुभयो ?
२०७२ सालको भूकम्पपछि पाटन दरबार क्षेत्रका धेरै सम्पदामा ठूलो क्षति पुगेको थियो।केही मन्दिर पूर्ण रूपमा भत्किएका थिए भने केही बाहिरबाट हेर्दा ठिकै देखिए पनि भित्री संरचना कमजोर भइसकेको थियो।त्यसैले पुनःनिर्माणसंगै धेरै संरचनामा मर्मत र सुदृढीकरण पनि गर्नुपर्ने अवस्था थियो।हामीले शुरुबाटै सकेसम्म पुरानै सामग्री जोगाउने नीति अपनायौं।
भत्किएका मन्दिर र भवनबाट निस्किएका काठ, इटा, टुडाल, ढोका, झ्यालजस्ता सामग्रीलाई संकलन गरी सुरक्षित रुपमा राख्यौं।पहिलादेखि हामी यही ठाउमा काम गरिरहेको पनि यो सम्भव भयो।त्यसपछि कुन सामग्री फेरि प्रयोग गर्न मिल्छ र कुन नमिल्ने भन्ने प्राविधिक परीक्षण पनि गरियो।यो काम स्थानीय समुदाय, कालीगढ, प्राविधिक र सम्पदा संरक्षणमा संलग्न सबैको सहयोगले सम्भव भएको हो।
यसमा लागत पनि कम भो।प्रयोग गर्न मिल्ने पुराना काठलाई आवश्यक मर्मत गरेर फेरि त्यही स्थानमा राखियो।त्यस्तै, पुराना इ“टा मध्ये राम्रो अवस्थामा रहेका इ“टालाई पुनः प्रयोग गरियो।यसले भवनको मौलिक स्वरूप जोगाउन ठूलो मद्दत ग¥यो।आखिर ती सामग्री आफैं इतिहासका साक्षी हुन्।तिनमा सयौं वर्षअघिको शिल्प, प्रविधि र सांस्कृतिक मूल्य जोडिएको हुन्छ।तर सबै सामग्री पुनः प्रयोग गर्न सम्भव हु“दैन।त्यस्ता अवस्थामा भने पुरानै आकार, गुणस्तर र परम्परागत शैलीसंग मिल्ने नया“ सामग्री तयार गरेर प्रयोग गरियो। नया“ र पुरानो सामग्री बीच भिन्नता नदेखियोस् र सम्पदाको मौलिकता कायम रहोस् हिसाबले पुनःनिर्माण ग¥यौं।
सम्पदा पुनःनिर्माणमा दक्ष कालीगढ तथा परम्परागत शिल्पीहरू पाउन कतिको गा¥हो छ ?
हाम्रो हकमा भने कालीगढको अभाव ठूलो समस्या बनेन।किनभने पाटन दरबार क्षेत्रमा भूकम्पअघि नै वर्षौंदेखि संरक्षण र पुनःनिर्माणको काम भइरहेको थियो।त्यसैले सिकर्मी, डकर्मी, कालिगढ लगायत विभिन्न विधाका दक्ष शिल्पीहरूसंग हाम्रो लामो समयदेखिको सम्बन्ध थियो।कतिपय त १५÷२० वर्षदेखि हामीसंगै काम गरिहेको थिए।भूकम्पपछि देशभर एकैचोटि पुनःनिर्माणका काम शुरु भए।
धेरै स्थानमा यस्ता दक्ष कालीगढसंग पहिलेदेखिको सम्पर्क थिएन।त्यसैले काम गर्ने शिल्पी नै नपाउने, पर्याप्त जनशक्ति नहुने जस्ता समस्या देखिए।त्यो बेला धेरै सरकारी तथा गैरसरकारी संस्थाले परम्परागत सीप सम्बन्धी तालिम पनि सञ्चालन गरे।त्यो सकारात्मक प्रयास थियो।तर मेरो विचारमा तालिम एकपटक दिएर मात्र पुग्दैन।यस्ता सीपलाई निरन्तर जोगाइराख्ने व्यवस्था हुनुपर्छ।भूकम्पपछि केही वर्ष तालिमका कार्यक्रम भए, त्यसपछि विस्तारै ती कार्यक्रम कम हुन थाल्यो।
नेपालमा कालिगढको सीप संरक्षण र नया पुस्तामा हस्तान्तरणका लागि के गर्न आवश्यक छ ?
नेपालमा यति धेरै मठ, मन्दिर, विहार, चैत्य र ऐतिहासिक सम्पदा छन्।नया“ बनाउने भन्दा पनि पुराना सम्पदाको नियमित संरक्षण र मर्मत गर्न सधैं यस्ता दक्ष कालीगढ आवश्यक पर्छन्।इन्जिनियर, आर्किटेक्ट वा प्राविधिक वा संरक्षण विज्ञको भूमिका योजना बनाउने, अध्ययन गर्ने र आवश्यक सुझाव दिने हो।तर वास्तविक काम गर्ने भनेको कलाकार र कालीगढहरूले नै हो।
पहिले नेपाली समाजमा नेवाः लगायत विभिन्न समुदायमा परम्परागत पेशा पुस्तौंदेखि हस्तान्तरण हुने चलन थियो।बाबुले सिकेको सीप छोराले सिक्थ्यो, परिवारमै ज्ञान र अनुभव सर्दै जान्थ्यो।त्यसैले दक्ष शिल्पीको निरन्तरता कायम हुन्थ्यो।तर अहिले समय बदलिएको छ।धेरै अभिभावकले आफ्ना छोराछोरी पनि यही पेशामा लागून् भन्ने चाहदैन।यसको एउटा कारण के हो भने हाम्रो समाजले यस्ता परम्परागत शिल्पलाई उनीहरूको वास्तविक योगदान अनुसार सम्मान दिन सकेको छैन।धेरैजसो उनीहरूलाई सामान्य मजदुरका रूपमा मात्र हेरियो।तर वास्तविकता त्यस्तो होइन।उनीहरू उच्चस्तरीय कलाकार हुन्।
उनीहरूको सिर्जनात्मक सीप बिनाको सम्पदा संरक्षण सम्भव नै हु“दैन।अहिले पनि कतिपय पुनःनिर्माणका काममा दक्ष कालीगढको अभाव देखिन्छ।सरकारी खरिद प्रक्रिया अनुसार ठेक्कामा काम हु“दा ठेकेदारले आवश्यक संख्यामा दक्ष शिल्पी जुटाउन नसक्ने अवस्था पनि आएको छ।त्यसैले अबको आवश्यकता भनेको परम्परागत कालीगढको सीपलाई सम्मान गर्ने, नया पुस्तालाई आकर्षित गर्ने, नियमित तालिमको व्यवस्था गर्ने र सम्पदा संरक्षणका काममा उनीहरूको भूमिका संस्थागत रूपमा बलियो बनाउने हो।त्यसो गर्न सकियो भने मात्र हाम्रा ऐतिहासिक सम्पदालाई दीर्घकालसम्म सुरक्षित राख्न सकिन्छ।
सम्पदा पुनःनिर्माणमा परम्परागत शिल्प र मौलिक प्रविधिको संरक्षणमा कतिको चुनौती थपिएको छ ?
सार्वजनिक खरिद ऐन अनुसार लो बिडमा ठेक्का पार्ने र जसरी भएपनि काम सक्ने प्रवृतिले धेरै चुनौती थपिएको छ।विभिन्न ठाउ“मा पुनःनिर्माणको काम छिटो सकाउने होडमा परम्परागत शिल्प नै हराउ“दै गएको देखिन्छ।उदाहरणका लागि, हाम्रो परम्परागत ढोका–झ्याललाई नै हेरौं।एउटा आ“खे झ्यालमा पनि करिब पचास–साठीवटा काठका टुक्रा हुन्छन्।
ती सबैलाई कुनै किला वा पेच प्रयोग नगरी परम्परागत जोडाइ प्रविधिबाट मिलाएर बनाइन्छ।तर अहिले धेरै ठाउ“मा त्यो विधि अनुसार बनाउनु भन्दा किला ठोकेर छिट्टै काम सकाउने प्रवृत्ति बढेको छ।बाहिरबाट हेर्दा पुरानै शैलीको जस्तो देखिए पनि त्यस भित्रको मौलिक प्रविधि र शिल्प भने प्रयोग भएको पाउ“दैैनौं।यस्तो कार्यले हामीले पुस्तौंदेखि जोगाएर ल्याएको परम्परागत सीप बिस्तारै लोप हु“दै जान्छ।यदि यसलाई समयमै संरक्षण गर्न सकेनौं भने भोलिका पुस्ताले पहिलाको वास्तविक निर्माण प्रविधि कस्तो थियो भन्ने कुरा थाहा पाउने अवसर नै गुम्न सक्छ।
सम्पदा पुनःनिर्माणमा आवश्यक निर्माण सामग्री पाउन कतिको गा¥हो छ?
निर्माण सामग्रीको कुरा गर्दा अहिले इ“टा पाउन खासै गाह्रो छैन।तर परम्परागत संरचनामा प्रयोग हुने ठूलो आकारको काठ भने सजिलै पाइ“दैन।पहिले यातायातका साधन त्यति विकसित थिएनन्।त्यसबेला पनि मानिसहरूले टाढाबाट बोकेर यस्ता ठूला काठ ल्याएर मठ–मन्दिर निर्माण गरेका थिए। अहिले भने एउटा मन्दिरका लागि आवश्यक पर्ने लामो र ठूलो बीम खोज्न पनि निकै कठिन छ।
एउटा उदाहरणबाटै यसलाई स्पष्ट पार्दछु।अहिले पाटन दरबार क्षेत्रमा भाईदेगः मन्दिरको पुनःनिर्माणका क्रममा सबैभन्दा तल्लो छानामा प्रयोग तीनवटा टु“डाल मध्ये एउटा नया“ बनाउनुपर्ने अवस्था आयो।त्यो भाग छाना बनेपछि फेरि परिवर्तन गर्न नसकिने स्थिति थियो।त्यसैले शुरुबाटै सही आकारको काठ चाहिएको थियो, तर त्यस्तो एउटा मात्रै काठ खोज्न हामीलाई करिब डेढ वर्ष लाग्यो।पछि बुझ्दै जा“दा थाहा भयो, त्यस्तो आकारको काठ पाइने ठाउ“सम्म गाडी पुग्दैन रहेछ।रूख ढालेपछि पनि तीन–चार घण्टासम्म मानिसले बोकेर ल्याउनुपर्ने रहेछ। यसले गर्दा काठ ल्याउन कठिन भयो।काठसंगै अर्को महत्वपूर्ण सामग्री माटो पनि हो। पहिलेका अधिकांश संरचनामा सबै जोडाइ माटोबाटै गरिन्थ्यो। सिमेन्ट त धेरै पछि मात्रै प्रयोगमा आएको हो।त्यसैले परम्परागत सम्पदाको मौलिकता जोगाउने हो भने काठ, माटो र परम्परागत निर्माण प्रविधि तीनै कुरालाई समान रूपमा ध्यान दिनुपर्छ।
सम्पदा पुनःनिर्माण गर्दा अहिले माटो पाउन गा¥हो भयो भने कतै सिमेन्टको प्रयोग गर्ने गरेको छ, यसलाई कसरी लिनुुहुन्छ ?
कतिपय ठाउमा आवश्यक माटो नपाउ“दा जुनसुकै माटो प्रयोग गरेर काम चलाउने गरिएको पनि देखिन्छ।तर सबै माटो एउटै हुदैन।परम्परागत नेवाः वास्तुकलामा माटोका धेरै प्रकार प्रयोग गरिन्थे।छानाका लागि छुट्टै, गारोका लागि छुट्टै, कौसीका लागि छुट्टै गरी संरचनाको आवश्यकता अनुसार फरक–फरक माटो छनोट गर्ने परम्परा थियो।अहिले ती परम्परागत ज्ञान र अभ्यास विस्तारै हराउदै गएका छन्।
वास्तवमा परम्परागत वास्तुकला भनेको स्थानीय रूपमा उपलब्ध सामग्रीको अधिकतम उपयोग गर्ने सीप हो।पहिले यातायातको सुविधा थिएन।त्यसैले जह“ँ बस्ती थियो, त्यही“ वरपर पाइने सामग्री प्रयोग गरेर घर र मन्दिर बनाइन्थ्यो।उदाहरणका लागि, आजभन्दा ३०÷४० वर्षअघि पोखराका अधिकांश घरमा ढुंगाको स्लेटको छाना हुन्थ्यो,किनभने त्यहा“ त्यही सामग्री सहजै उपलब्ध थियो।अहिले भने त्यो दृश्य निकै कम देख्न पाइन्छ।उपत्यकामा पनि अहिले परम्परागत माटो पाउन गाह्रो भएपछि धेरै ठाउ“मा सिमेन्ट प्रयोग गर्न थालिएको छ।कतिपयले सिमेन्ट पनि पुरानै सामग्री हो भनेर मल्लकालीन सम्पदाको पुनःनिर्माणमा समेत प्रयोग गरिरहेका छन्।तर यो बुझ्नुपर्ने कुरा के हो भने सिमेन्ट राणाकालमा आएको सामग्री हो, मल्लकालको होइन।त्यसैले कुनै सामग्री पुरानो हु“दैमा सकेसम्म जुनसुकै कालखण्डको सम्पदामा प्रयोग गर्न मिल्दैन।
नया निर्माण सामग्री प्रयोग गर्न नै नपाउने हो त?
अझै पनि धेरैको सोच पुरानो किन प्रयोग गर्ने, नया बनाइहालौं भन्ने छ।बुट्टा वा डिजाइन त नया“मा पनि बनाउन सकिन्छ।तर नया बनाउदैमा त्यसले पुरानो वस्तुको ऐतिहासिक र पुरातात्विक मूल्य प्राप्त गर्दैन।मानौं ४÷५ सय वर्ष पुरानो काठ वा कलात्मक भाग हटाएर त्यस्तै नया बनाइयो भने हेर्दा राम्रो देखिएला।तर त्यसलाई ४÷५ सयसय वर्ष पुरानो सम्पदा भन्न सकिदैन।त्यसको ऐतिहासिक महत्व त समाप्त भइहाल्छ।त्यसैले सम्भव भएसम्म पुरानै सामग्री जोगाएर पुनःप्रयोग गर्नुपर्छ।नया सामग्रीको प्रयोग अन्तिम विकल्प हुनुपर्छ।
सम्पदा पुनःनिर्माण ठेक्का मोडल उपयुक्त हो कि उपभोक्ता समिति मोडेल ?
सम्पदालाई सामान्य निर्माण आयोजना जस्तै ठेक्कापट्टा मार्फत निर्माण गर्ने अभ्यास मलाई उपयुक्त लाग्दैन।सम्पदा पुनःनिर्माण सामान्य भवन निर्माण जस्तो होइन।यहा“ शुरुमा नै कति सामग्री फेरिनुपर्छ, कति पुरानै प्रयोग गर्न सकिन्छ भन्ने कुरा शतप्रतिशत यकिन गर्न सकि“दैन।उदाहरणका लागि, कुनै मन्दिर वा सत्तल पुनःनिर्माण गर्नुप¥यो भने शुरुमा अनुमानका आधारमा १०÷१५ वटा काठका दलीन फेर्नुपर्ने होला भनेर हिसाब गरिन्छ।तर काम शुरु गरेपछि अवस्था फरक पनि हुन सक्छ।कतिपय सामग्री अनुमान भन्दा कम बिग्रिएको हुन सक्छ, कतिपय बढी बिग्रिएको हुन सक्छ।त्यसैले शुरुमा नै सबै कुरा निश्चित गरेर भन्न गाह्रो हुन्छ।
मैले कतिपय ठाउमा के पनि देखेको छु भने, शुरुमा धेरै सामग्री फेर्नुपर्ने अनुमान गरिन्छ।पछि काम गर्ने क्रममा प्रयोग गर्न मिल्ने पुराना सामग्री पनि हटाएर नया“ राख्ने गरिन्छ, किनकि शुरुको अनुमानमा त्यसलाई फेर्ने सूचीमा राखिएको हुन्छ।यसले अनावश्यक रूपमा पुरातात्विक महत्व भएका सामग्री नष्ट हुने अवस्था आउछ।त्यसैले सम्पदा पुनःनिर्माणमा कागजी अनुमानभन्दा पनि स्थलमै पुगेर प्रत्येक सामग्रीको अवस्था ध्यानपूर्वक परीक्षण गर्नुपर्छ। कुन सामग्री पुनःप्रयोग गर्न मिल्छ र कुन साच्चै फेर्नैपर्छ भन्ने निर्णय त्यसपछि मात्रै गर्नुपर्छ। यही नै सम्पदा संरक्षणको सही विधि हो।यो विधिको उपभोक्ता बढी उपयुक्त देख्दछु।
ठेक्का प्रणाली किन उपयुक्त होइन ?
ठेक्का प्रणालीका विषयमा म धेरै टिप्पणी गर्न चाहन्न, किनकि मैले व्यक्तिगत रूपमा ठेक्का मार्फत काम गरेको छैन।हाम्रोमा ठेक्का प्रणालीमा पनि एउटा ठेकेदारले काम लिएर फेरि अर्को र अर्को तहमा जिम्मेवारी सुम्पिने प्रवृत्ति देखिन्छ।बीचमा आपसी समझदारी नमिल्दा वा विवाद हुदा काम नै रोकिने गरेका उदाहरण पनि छन्। कतिपय अवस्थामा ठेकेदारले काम नै छोडिदिएको पनि सुनिन्छ।
उदाहरणका लागि, बुङ्मतीको पुनःनिर्माण लामो समय लागे पनि सम्पन्न भयो। सबै ठेकेदार एउटै हु“दैनन्।केहीले राम्रो काम पनि गरेका होलान्।तर समग्र अनुभव हेर्दा धेरैजसोले सम्पदाको संरक्षणभन्दा पनि नाफालाई प्राथमिकता दिएको जस्तो देखिन्छ। त्यसैले कतिपय पुनःनिर्माणका काम वर्षौंसम्म अधुरै रहने गरेका छन्।उदाहरणका लागि, शंखमूलको जगन्नारायण मन्दिरको पुनःनिर्माण सुरु भएको ११ वर्षभन्दा बढी भइसक्यो, तर अझै सम्पन्न हुन सकेको छैन। यस्ता उदाहरणले ठेक्का प्रणालीमा केही संरचनागत समस्या रहेको देखाउछन्।
सबै ठाउमा उपभोक्ता समितिमार्फत काम गर्न गा¥हो होला, यस्तो बेला कुन मोडेलले काम गर्ने त ?
उपभोक्ता समिति नभएर ठेक्का प्रणालीबाटै काम गर्ने भए पनि त्यसमा केही सुधार भने अनिवार्य गर्नुपर्छ।म ठेक्का प्रणाली नै पूर्ण रूपमा गलत छ भन्न खोजेको होइन।मेरो भनाइ यति मात्र हो कि यसलाई कसरी अझ प्रभावकारी र गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्छ।अहिले धेरैजसो काम सबैभन्दा कम लागत प्रस्ताव गर्ने ठेकेदारलाई दिने चलन छ। तर सम्पदा पुनःनिर्माणमा यो विधि सधैं उपयुक्त हु“दैन।धेरै अवस्थामा ठेकेदारले काम पाउनकै लागि न्यून लागत प्रस्ताव गर्छ,त्यसपछि त्यही लागतमा काम सकाउनुपर्ने दबाब हुन्छ।त्यसको प्रत्यक्ष असर कामको गुणस्तरमा पर्छ। सम्पदा पुनःनिर्माणमा हामी गुणस्तरमा सम्झौता गर्न सक्दैनौं।
उपभोक्ता मोडेलमा काम गर्दा समस्यै नहुने हो त?
उपभोक्ता समितिको पनि आफ्नै राम्रो र कमजोर पक्ष छन्।सबै उपभोक्ता समिति पनि उत्तिकै प्रभावकारी हुन्छन् भन्ने होइन। कतिपय ठाउ“मा उपभोक्ता समितिले पनि अप्रत्यक्ष रूपमा ठेकेदार मार्फत काम गराएको सुनिन्छ।तर सही ढंगले सञ्चालन गरिएको उपभोक्ता समिति भने प्रभावकारी हुन सक्छ।
किनभने त्यसमा स्थानीय समुदायको प्रत्यक्ष संलग्नता हुन्छ।उनीहरूले निर्माण प्रक्रिया नजिकबाट बुझ्छन्, प्रयोग भएका सामग्री र प्रविधिबारे जानकारी राख्छन्।भोलिका दिनमा सामान्य मर्मत,सम्भार गर्नुपरे पनि फेरि बाहिरका प्राविधिक खोजिरहनुपर्दैन। काम गरेका स्थानीय शिल्पी र समुदायसंग नै आवश्यक ज्ञान र अनुभव रहन्छ।यही कारणले म उपभोक्ता समिति मोडेललाई बढी प्रभावकारी मान्छु, तर त्यसलाई पनि पारदर्शी र जिम्मेवार ढंगले सञ्चालन गर्नुपर्छ।
सम्पदा पुनःनिर्माणलाई अझ प्रभावकारी, मौलिक र गुणस्तरीय बनाउन के – कस्ता सुधार आवश्यक छन् ?
सुधार भनेको निरन्तर चलिरहने प्रक्रिया हो। आज राम्रो लागेको प्रणालीलाई पनि समयअनुसार अझ परिस्कृत गर्दै लैजानुपर्छ।अहिलेको सन्दर्भमा सबैभन्दा आवश्यक सुधार भनेको सम्पदा पुनःनिर्माणलाई सामान्य निर्माण आयोजना जस्तो ठेक्कामा सीमित नगर्नु हो।यसले कामको गुणस्तर, जिम्मेवारी र प्रभावकारी अनुगमनमा असर पार्ने सम्भावना रहन्छ।
सम्पदा पुनःनिर्माणमा सबैभन्दा महत्वपूर्ण कुरा छिटो काम सकाउनु होइन,मौलिकता जोगाउ“दै गुणस्तरीय रूपमा काम सम्पन्न गर्नु हो।त्यसैले यसको पुनःनिर्माणमा परम्परादेखि काम गर्दै आएका दक्ष शिल्पी, स्थानीय समुदाय र विषयविज्ञलाई केन्द्रमा राख्नुपर्छ।उहा“हरूको अनुभव र सीपलाई सम्मान गरेर काम गर्न सकियो भने मात्रै सम्पदाको मौलिकता र गुणस्तर दुवै जोगाउन सकिन्छ। काम गर्ने अवसर परम्परागत शिल्पीहरूलाई नै दिनुपर्छ।त्यसो भयो भने उनीहरूको सीप पनि जोगिन्छ र नया पुस्तामा पनि हस्तान्तरण हुन्छ।
– परम्परागत शिल्पलाई उनीहरूको वास्तविक योगदान अनुसार सम्मान दिन सकेको छैन।धेरैजसो उनीहरूलाई सामान्य मजदुरका रूपमा मात्र हेरियो।तर वास्तविकता त्यस्तो होइन।उनीहरू उच्चस्तरीय कलाकार हुन्।उनीहरूको सिर्जनात्मक सीप बिनाको सम्पदा संरक्षण सम्भव नै हु“दैन।
-अहिले पनि कतिपय पुनःनिर्माणका काममा दक्ष कालीगढको अभाव देखिन्छ।सरकारी खरिद प्रक्रिया अनुसार ठेक्कामा काम हु“दा ठेकेदारले आवश्यक संख्यामा दक्ष शिल्पी जुटाउन नसक्ने अवस्था पनि आएको छ।
-अबको आवश्यकता भनेको परम्परागत कालीगढको सीपलाई सम्मान गर्ने, नया“ पुस्तालाई आकर्षित गर्ने, नियमित तालिमको व्यवस्था गर्ने र सम्पदा संरक्षणका काममा उनीहरूको भूमिका संस्थागत रूपमा बलियो बनाउने हो।
– सार्वजनिक खरिद ऐन अनुसार लो बिडमा ठेक्का पार्ने र जसरी भएपनि काम सक्ने प्रवृतिले धेरै चुनौती थपिएको छ।विभिन्न ठाउ“मा पुनःनिर्माणको काम छिटो सकाउने होडमा परम्परागत शिल्प नै हराउ“दै गएको देखिन्छ।
-काठसंगै अर्को महत्वपूर्ण सामग्री माटो पनि हो।पहिलेका अधिकांश संरचनामा सबै जोडाइ माटोबाटै गरिन्थ्यो। सिमेन्ट त धेरै पछि मात्रै प्रयोगमा आएको हो।त्यसैले परम्परागत सम्पदाको मौलिकता जोगाउने हो भने काठ, माटो र परम्परागत निर्माण प्रविधि तीनै कुरालाई समान रूपमा ध्यान दिनुपर्छ।
– उपत्यकामा पनि अहिले परम्परागत माटो पाउन गाह्रो भएपछि धेरै ठाउ“मा सिमेन्ट प्रयोग गर्न थालिएको छ।कतिपयले सिमेन्ट पनि पुरानै सामग्री हो भनेर मल्लकालीन सम्पदाको पुनःनिर्माणमा समेत प्रयोग गरिरहेका छन्।तर यो बुझ्नुपर्ने कुरा के हो भने सिमेन्ट राणाकालमा आएको सामग्री हो।मल्लकालको होइन।त्यसैले कुनै सामग्री पुरानो हुदैमा सकेसम्म जुनसुकै कालखण्डको सम्पदामा प्रयोग गर्न मिल्दैन।
– हाम्रोमा ठेक्का प्रणालीमा पनि एउटा ठेकेदारले काम लिएर फेरि अर्को र अर्को तहमा जिम्मेवारी सुम्पिने प्रवृत्ति देखिन्छ।बीचमा आपसी समझदारी नमिल्दा वा विवाद हु“दा काम नै रोकिने गरेका उदाहरण पनि छन्।
– उपभोक्ता समिति पनि उत्तिकै प्रभावकारी हुन्छन् भन्ने होइन। कतिपय ठाउ“मा उपभोक्ता समितिले पनि अप्रत्यक्ष रूपमा ठेकेदार मार्फत काम गराएको सुनिन्छ।तर सही ढंगले सञ्चालन गरिएको उपभोक्ता समिति भने प्रभावकारी हुन सक्छ।











प्रतिक्रिया