काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ भित्र नेपालमा पहिलोपटक व्यावसायिक फाइभजी सेवा सञ्चालनमा ल्याइने बताएका छन्।
आइतबार फेसबुकमार्फत् सार्वजनिक योजनाअनुसार सरकारले दूरसञ्चार क्षेत्रलाई रूपान्तरण गर्दै देशभर उच्च गुणस्तरको फोरजी सेवा विस्तार, भरपर्दो इन्टरनेट पहुँच, सेवा गुणस्तरमा सुधार र नेपाल टेलिकमको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ।
मन्त्री तिमल्सिनाले परिणाममुखी कार्यसम्पादनमार्फत आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रमा अभूतपूर्व सुधारको वर्ष बनाइने बताएका छन्।











प्रतिक्रिया