५ बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ


काठमाडौं ।

काठमाडौंमा पाँच वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त अन्जन भट्ट पक्राउ परेका छन्। धादिङको ज्वालामुखी गाउँपालिका–३ निवासी ३३ वर्षीय भट्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा–७ बाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीविरुद्ध चितवन, ललितपुर, काठमाडौं, बालाजु र कालिमाटीमा गरी बैंकिङ कसुरसम्बन्धी पाँच वटा उजुरी दर्ता छन्। सबै मुद्दामा गरी करिब ७० लाख ७८ हजार रुपैयाँ बराबरको दाबी रहेको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ।