सेनाद्वारा १,४११ किमि सडक निर्माण सम्पन्न


काठमाडौँ।

नेपाली सेनाले हालसम्म ३२ वटा जटिल भूगोल भएका सडक आयोजना सम्पन्न गर्दै एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको जनाएको छ।

सेनाले कर्णाली करिडोर, दार्चुला–टिङ्कर र बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माणलाई तीव्र रूपमा अघि बढाइरहेको छ।

सेनाका अनुसार दुर्गम तथा सामरिक महत्वका सडकमार्फत राष्ट्रिय सडक सञ्जाल विस्तार, स्थानीय विकास, व्यापार, पर्यटन, विपद् व्यवस्थापन र राष्ट्रिय सुरक्षा सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको छ।