परेका छन्। फरक–फरक टेलिभिजन शृंखलामार्फत उनीहरू एमीको प्रतिस्पर्धामा उत्रिएपछि अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रमा उनीहरूको चर्चा चुलिएको छ।
प्रिन्स अफ वेल्स विलियम सहभागी रहेको एप्पल टिभी प्लसको ट्राभल शृंखला द रिलक्टेन्ट ट्राभलर विथ युजिन लेभीअन्तर्गतको लिभिङ द रोयल लाइफ इन द यूके एपिसोड प्राइमटाइम एमी अवार्डमा उत्कृष्ट गैरकथात्मक कार्यक्रमको लेखन विधाको मनोनयनमा परेको छ। उक्त शृंखला उत्कृष्ट होस्टेड गैरकथात्मक शृंखला वा विशेष कार्यक्रम विधामा पनि मनोनयनमा परेको छ।
एपिसोडमा ४४ वर्षीय प्रिन्स विलियमले क्यानडेली अभिनेता तथा हास्यकलाकार युजिन लेभीलाई विन्डसर क्यासलमा स्वागत गर्दै शाही जीवन, परिवार र राजसंस्थाको भविष्यबारे खुला संवाद गरेका छन्। उनले पत्नी केट मिडलटन र पिता राजा चाल्र्सको क्यान्सरस“गको संघर्षदेखि भविष्यको राजसंस्थाबारे आप्mनो दृष्टिकोणसम्मका विषयमा खुलेर धारणा राखेका छन्।
छायांकनपछि युजिन लेभीले विलियमलाई सहज, आत्मीय र खुला स्वभावको व्यक्ति भन्दै उनी आधुनिक पुस्ताको राजसंस्थाको प्रतिनिधित्व गर्न चाहेको स्पष्ट महसुस भएको प्रतिक्रिया दिएका थिए। उक्त एपिसोडले द अमेरिकन रिभोलुसन र द डेली शो प्रिजेन्ट्स ः जोर्डन क्लेपर फिङर्स द पल्सस“ग प्रतिस्पर्धा गर्नेछ।
यता, प्रिन्स ह्यारीकी पत्नी तथा डचेस अफ ससेक्स मेघन मार्कलको नेटप्mिल्क्स शृंखला विथ लभ, मेघन पनि पहिलो पटक डेटाइम एमी अवार्डअन्तर्गत उत्कृष्ट लाइफस्टाइल शृंखला विधामा मनोनयनमा परेको छ। मनोनयन सार्वजनिक भएपछि मेघनले सामाजिक सञ्जालमार्फत सम्पूर्ण निर्माण टोलीलाई बधाई दि“दै खुसी व्यक्त गरेकी छन्।
खाना पकाउने, अतिथि सत्कार, बगैँचा सजावट र जीवनशैलीसँग सम्बन्धित विषय समेटिएको विथ लभ, मेघनका दुई सिजन र एक विशेष छुट्टी संस्करण क्यालिफोर्नियाको मोन्टेसिटोमा छायांकन गरिएको थियो। कार्यक्रममा माइन्डी केलिङ, क्रिसी टिगेन, ट्यान फ्रान्स, जे शेट्टी र चर्चित सेफ रोय चोईलगायतका चर्चित व्यक्तित्वको सहभागिता रहेको छ। प्रिन्स ह्यारी र मेघनकी आमा डोरिया रागल्यान्ड पनि कार्यक्रममा छोटो समयका लागि देखिएका छन्।
७८औ“ प्राइमटाइम एमी अवार्ड आगामी सेप्टेम्बर १४ मा आयोजना हुनेछ भने डेटाइम एमी अवार्डका विजेताको घोषणा अक्टोबर ३० मा गरिनेछ। एउटै वर्ष बेलायती राजपरिवारका दुई चर्चित सदस्य फरक–फरक कार्यक्रममार्फत एमी अवार्डको प्रतिस्पर्धामा उत्रिएपछि उनीहरू फेरि एकपटक विश्व मनोरञ्जन उद्योगको केन्द्रमा आएका छन्।











प्रतिक्रिया