आगामी भदौ १९ गते रिलिजमा आउने फिल्म ककाकिकीले प्रचार अभियानलाई थप आक्रामक बनाएको छ। फस्ट लुक र पोस्टरमार्फत चर्चा कमाइसकेको निर्माण टिमले बुधवार लिरिकल थिम सङ सार्वजनिक गर्दै अब ट्रेलरतर्फ दर्शकको ध्यान केन्द्रित गराएको हो।
ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक आदित्य प्रधानको स्वर रहेको छ भने शब्द तथा संगीत शिशिर थतालको रहेको छ। यसअघि सार्वजनिक गरिएको फस्ट लुक भिडियोमा समावेश गरिएको गीतको हुकलाइनले नै दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको थियो।
ककाकिकीको फस्ट लुक सार्वजनिक भएयता सामाजिक सञ्जालमा फिल्मले उल्लेखनीय चर्चा बटुल्दै आएको छ। विशेषगरी गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीका क्यारेक्टर लुक्सले दर्शकको ध्यान आकर्षित गरेका थिए। फरक शैली र नया“ कथावस्तु बोकेको नेपाली फिल्मका रूपमा ककाकिकीप्रति दर्शकको अपेक्षा बढ्दै गएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ।
लिरिकल थेम गीतस“गै फिल्मको प्रचार अभियानलाई नया चरणमा प्रवेश गराइएको छ। बिक्की अगरवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशन रहेको फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोगलगायत कलाकारहरूको अभिनय रहेको छ। सुमन अग्रवालको कन्सेप्टमा निर्माण भएको फिल्मको कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले तयार पारेका हुन्। फिल्मको छायांकन सुदीप बरालको टोलीले गरेको छ भने टाइटल आर्ट ट्राइडेन्ट कन्सेप्ट र पोस्टर डिजाइन कार्यालयले तयार पारेको हो।











प्रतिक्रिया